एम्बाप्पे चम्किँदा पीएसजीको सानदार जित, उपाधिका लागि अब एक जित आवश्यक
काठमाडाैँ । कप्तान केलियन एम्बाप्पे चम्किएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित हात पारेको छ ।
गएराति भएको खेलमा एम्बाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पीएसजीले घरेलु टोली लोरिएन्टमाथि ४-१ गोलअन्तरको जित निकालेको हो । जितसँगै पीएसजी लिग वानको उपाधि नजिक पुगेको छ ।
खेलको १९औँ मिनेटमा ओसमाने डेम्बेलेले गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए । ओसामानेले सेनी मायुलुको पासमा गोल गरेका थिए । त्यसपछि खेलको २२औँ मिनेटमा कप्तान एम्बाप्पेले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारेका थिए । एम्बाप्पेले नुनो मेन्डेजको पासमा गोल गरेका हुन् ।
पहिलो हाफमा २-० को अग्रता लिएको पीएसजीले दोस्रो हाफमा थप २ गोल गर्दा १ गोल खान पुगेको थियो । खेलको ६०औँ मिनेटमा डेम्बेलेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । उनले एम्बाप्पेको पासमा गोल गरेका थिए ।
त्यसपछि खेलको ७३औँ मिनेटमा लोरिएन्टका लागि मोहम्मद बाम्बाले गोल गर्दै खेल ३-१ को अवस्थामा ल्याए । तर, खेलको ९०औँ मिनेटमा एम्बाप्पेले गोल गर्दै पीएसजीलाई ४-१ को अग्रता दिलाएका थिए । उनले कोलो मुआनीको पासमा गोल गरेका थिए । बाँकी समयमा गोल हुन नसकेपछि खेल पीएसजीले ४-१ गोलअन्तरले जितेको हो ।
जितसँगै शीर्ष स्थानमा रहेको पीएसजीको ३० खेलबाट ६९ अंक भएको छ । र, दोस्रो स्थानमा रहेको मोनाकोलाई ११ अंकले पछि पारेको छ । मोनाकोको ३० खेलबाट ५८ अंक छ ।
लिगमा अब चार खेल बाँकी रहँदा पीएसजीलाई च्याम्पियन बन्न मात्रै एक जितको आवश्यकता छ । अब चारमध्ये एक खेलमा मात्रै जित हात पारे पनि पीएसजी लिग वानको च्याम्पियन बन्नेछ ।
पीएसजीसँग पराजित भएको लोरिएन्ट भने ३० खेलबाट २६ अंकका साथ लिगको १७औँ स्थानमा छ ।
Comments
अरु समाचार
-
संसदको गतिरोध हटाउन दलहरु छलफलमा, प्रधानमन्त्रीले विश्वासको मत लिनु अघि नै सहमति जुटाउने
काठमाडौं। संसदको गतिरोध हटाउन दलहरु आज पनि छलफलमा जुट्दैछन् । अस्ति बिहीवारको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच धकेलाधकेल भएपछि तिक्ततापूर्ण...
-
नेपाल प्रहरीका चारजना एसएसपी डीआईजीमा बढुवा सिफारिस
काठमाडौं । गृहमन्त्रालयले जनपद प्रहरीतर्फको प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवा सिफारिस सूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको बढुवा समितिको...
-
कोशी, मधेश र बागमती प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको...
-
आजको राशिफल: २०८१ जेठ ५ गते शनिवार
मेष: स्वास्थ्य कमजोर रहनाले व्यवसायमा बाधा पुग्नेछ। प्रगतिमाथि ईर्ष्या गर्नेहरूले दुःख दिनेछन्। शुभचिन्तक र प्रतिस्पर्धीलाई समेटेर काम लिनुपर्ला। परिस्थितिसँग सम्झौता...
-
प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक स्थगन भएको छ । सभाको अर्को बैठक यही जेठ ६ गते बिहान...
-
प्रधानमन्त्री दाहालले जेठ ७ गते विश्वासको मत लिने, संसद्लाई पठाए पत्र
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालले यही जेठ ७...
-
आईपीएलमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर भिड्दै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर जाएन्ट्स खेल्दैछन् । यी दुई देशको खेल...
-
जनकपुर–जयनगर रेल्वे सेवा तीन दिनसम्म बन्दरहने
जलेश्वर । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ ।नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक...
-
प्रतिनिधिसभाको बैठकमा आजपनि अवरोध कायमै रहने
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि विहीबार स्थगित भएको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज बिहान...