भोजपुरको दुर्गम भेगका एक हजार जनाको निःशुल्क उपचार
काठमाडौं । गरिबीका कारण उपचारबाट बञ्चित भोजपुरको उत्तरी क्षेत्रका दुई स्थानीय तहका एक हजार बढी स्थानीयले निःशुल्क स्वास्थ्य सेवा पाएका छन् । षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका एक हजार ७३ जनाले विषेशज्ञ डाक्टरबाट सेवा पाएका हुन् ।
नोबल मेडिकल कलेज शिक्षण अस्पतालले सञ्चालन गरेको स्वास्थ्य शिविरमा भेटिएका जटिल समस्या भएका एक सय ३४ जनालाई शल्यक्रियाको लागि सिफारिस गरिएको छ । षडानन्द नगरपालिकाका–६ का ६४ वर्षीय स्थानीय निलबहादुर खड्गीले ‘भौगोलिक विकटताका कारण राम्रो स्वास्थ्य सेवा लिन सकेका थिएनौँ’, भन्नुभयो, ‘निःशुल्क स्वास्थ्य शिविरमार्फत सबै खालका रोग उपचार गर्न पाइयो । धेरै खुसी लागेको छ । यही उपचार लिन बाहिरका अस्पतालमा जाँदा धेरै खर्च हुन्थ्यो ।’
शिविरमा सेवा लिन आउनुभएकी पवित्रा दर्जीले ‘शिविर सञ्चालनले दुर्गम क्षेत्रका हामीजस्ता धेरै नागरिकले सेवा पाएका छौँ’, भन्नुभयो, ‘सहज उपचार गर्ने अवस्था नहुँदा रोग लुकाएर बसेकाहरूले उपचार गर्न पाएका छौँ ।’
शिविरमा जनरल मेडिसिन तथा मुटुरोग, प्रसूति तथा स्त्रीरोग, बालरोग, हाडजोर्नी, दन्त, नाक, कान घाँटी, न्यूरो सर्जरी, फोक्सो, छाला तथा यौनरोग, कलेजो तथा नसारोग, ल्याब परीक्षण, भिडियो एक्सरे, बालरोगलगायत रोगको निःशुल्क उपचार गरिएको थियो ।
Comments
अरु समाचार
-
एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते
काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय...
-
निःशुल्क आँखा शिविरबाट दुई सय बढी लाभान्वित
काठमाडौं । जिल्लाको बेनी नगरपालिका–२ ज्यामरुककोटमा शनिबार सम्पन्न निःशुल्क आँखा शिविरमा दुई सय १५ जनाले सेवा लिएका छन् । ज्यामरुककोट...
-
संरक्षणको प्रतीक्षामा खोकनाका पोखरी
काठमाडौं । ललितपुर महानगरपालिका–२१ खोकनामा ‘खा’, ‘गा’, ‘फङा’ र ‘कमल’ गरी चारवटा पोखरी छन् । उचित संरक्षणको अभावमा ती दिनप्रतिदिन...
-
सुनको मूल्य तोलामा रु एक हजार छ सयले वृद्धि
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु एक हजार छ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी...
-
सहकारी ठगी प्रकरणः छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै
काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन चार सदस्यीय कार्यदलको बैठक बसिरहेको छ । कानुनमन्त्री पदम...
-
पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै
काठमाडौं । शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६८औँ जन्मजयन्ती पोर्चुगलमा विशेष कार्यक्रमका साथ मनाइने भएको छ । लिस्वनस्थित नेपालको अवैतनिक...
-
सदन सञ्चालनबारे दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै सभामुख
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको ११ बजे निर्धारण गरिएको बैठक सञ्चालन गर्न दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै छन् ।...
-
प्रहरी जवानको हत्या आरोपमा छजना पक्राउ
काठमाडौं । प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा छजनालाई पक्राउ गरिएको छ । काठमाडौँ जिल्ला प्रहरी परिसरले अभियुक्तहरूलाई आज पत्रकार...
-
फुङलिङ–पाथीभरा साइकलयात्रा
काठमाडौं । ताप्लेजुङ पर्यटन महोत्सव आयोजक समितिले जिल्लाको प्रसिद्ध तीर्थस्थल पाथीभरादेखि फुङलिङ बजारसम्म साइकलयात्रा आयोजना गरेको छ । पाथीभरा महोत्सवका...