धनुषामा नौ सय जनामा हात्तीपाइले रोग
काठमाडौं । धनुषा जिल्लामा नौ सय ३१ जनामा हातीपाइले रोग देखापरेको छ । जनस्वास्थ्य कार्यालय धनुषाले गरेको सर्वेक्षण अनुसार जनकपुर उपमहानगरपालिकामा सबैभन्दा बढी हात्तीपाइले रोगका बिरामी रहेका छन् ।
सर्वेक्षण विवरणअनुसार जनकपुरधाम उपमहानगरपालिकामा दुई सय दुई, धनौजी गाउँपालिकामा नौ, सहिद नगरपालिकामा एक सय १६, मुखियापट्टी गाउँपालिकामा १४, मिथिला विहारी नगरपालिकामा ३६, लक्ष्मीनिया गाउँपालिकामा ३९, नगराइन नगरपालिकामा एक सय ९५, कमला नगरपालिकामा ३४, हङ्सपुर नगरपालिकामा एक सय नौ, विदेह नगरपालिकामा ५३, जनकनन्दनी गाउँपालिकामा ६९ तथा औरही गाउँपालिकामा ५५ जनामा हात्तीपाइले रोग देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत शिवजी दासले जानकारी दिनुभयो ।
हात्तीपाइले रोगको रोकथाम तथा जनचेतना फैलाउने विषयमा उक्त कार्यालयद्वारा यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा अधिकृत दासले हात्तीपाइले रोगका बिरामीको सङ्ख्या बढदै गएको बताउनुभयो । मधेश प्रदेशका चार जिल्लामा हात्तीपाइले रोगविरुद्ध औषधि खुवाउने अभियान सुरु हुने भएको छ । उक्त अभियानअन्र्तगत धनुषामा पनि हात्तीपाइले रोगविरुद्ध औषधि सेवन गराइने छ ।
अन्तरक्रिया कार्यक्रममा जनस्वास्थ्य कार्यालयका अधिकृत दासले धनुषामा यही वैशाख १६ गतेदखि ३० गतेसम्म हात्तीपाइले रोगविरुद्ध औषधि खुवाउने कार्यक्रम रहेको जानकारी दिनुभयो । अभियानअन्तर्गत धनुषामा आठ लाख ६४ हजारलाई औषधि खुवाउने लक्ष्य छ । सो कार्यालयले गत आर्थिक वषर्मा पनि औषधि खुवाउने अभियान सुरु गरेको थियो । ग्रामीण जनसङ्ख्याको तुलनामा सहरी क्षेत्रमा औषधि नखाने दर ३६ प्रतिशतले कम देखिएको उहाँले भन्नुभयो । हात्तीपाइले रोगविरुद्ध औषधि गर्भवती, सुत्केरी तथा गम्भीर किसिमका बिरामीले सेवन गर्न नहुने अधिकृत दासले बताउनुभयो ।
Comments
अरु समाचार
-
एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते
काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय...
-
निःशुल्क आँखा शिविरबाट दुई सय बढी लाभान्वित
काठमाडौं । जिल्लाको बेनी नगरपालिका–२ ज्यामरुककोटमा शनिबार सम्पन्न निःशुल्क आँखा शिविरमा दुई सय १५ जनाले सेवा लिएका छन् । ज्यामरुककोट...
-
संरक्षणको प्रतीक्षामा खोकनाका पोखरी
काठमाडौं । ललितपुर महानगरपालिका–२१ खोकनामा ‘खा’, ‘गा’, ‘फङा’ र ‘कमल’ गरी चारवटा पोखरी छन् । उचित संरक्षणको अभावमा ती दिनप्रतिदिन...
-
सुनको मूल्य तोलामा रु एक हजार छ सयले वृद्धि
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु एक हजार छ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी...
-
सहकारी ठगी प्रकरणः छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै
काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन चार सदस्यीय कार्यदलको बैठक बसिरहेको छ । कानुनमन्त्री पदम...
-
पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै
काठमाडौं । शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६८औँ जन्मजयन्ती पोर्चुगलमा विशेष कार्यक्रमका साथ मनाइने भएको छ । लिस्वनस्थित नेपालको अवैतनिक...
-
सदन सञ्चालनबारे दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै सभामुख
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको ११ बजे निर्धारण गरिएको बैठक सञ्चालन गर्न दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै छन् ।...
-
प्रहरी जवानको हत्या आरोपमा छजना पक्राउ
काठमाडौं । प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा छजनालाई पक्राउ गरिएको छ । काठमाडौँ जिल्ला प्रहरी परिसरले अभियुक्तहरूलाई आज पत्रकार...
-
फुङलिङ–पाथीभरा साइकलयात्रा
काठमाडौं । ताप्लेजुङ पर्यटन महोत्सव आयोजक समितिले जिल्लाको प्रसिद्ध तीर्थस्थल पाथीभरादेखि फुङलिङ बजारसम्म साइकलयात्रा आयोजना गरेको छ । पाथीभरा महोत्सवका...