खुकुरी प्रहरी गरी घाइते बनाएको अभियोगमा दश जना पक्राउ
काठमाडौं । कीर्तिपुर नगरपालिका–१० नयाँबजार बस्ने २४ वर्षीय साजिस श्रेष्ठलाई खुकुरी प्रहार गरी फरार रहेका दश जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा आछाम बिरपद गाउँपालिका–१का २७ वर्षीय मोहन खड्का, आछाम कमलबजार–१ का २१ वर्षीय धुर्वबहादुर विष्ट, बझाङ दुर्गाथलि गाउँपालिका–७ का २० वर्षीय उपेन्द्र सिंह, बझाङ खप्तड छान्ना–५ का २१ वर्षीय सुदिप गिरी, अछाम रामारोसन–७ का २३ वर्षी नविन भन्ने नृप भण्डारी, वैतडी पुरचौडि–१ का २७ वर्षीय जयन्त धानुक, कैलाली गैरीगङ्गा–५ का २० वर्षीय तेज थापा, सोही ठाउँका २२ वर्षीय तपेन्द्र खाती तथा वझाङ थलगाका २१ वर्षीय सुनिल रोकाया रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, यही जेठ २ गते राति कीर्तिपुर नयाँबजारमा तपेन्द्रराज खाती र धनेश्वर खड्कासँगको पुरानो रिसिवी साँध्ने क्रममा दुई समूहबीच झडप हुँदा कीर्तिपुरका श्रेष्ठमाथि खुकुरी प्रहार भएको थियो ।
पक्राउ परेकामाथि काठमाडौँ जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग कसूरमा पाँच दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त कीर्तिपुरबाट थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताउनुभयो ।
Comments
अरु समाचार
-
हवल्दारलाई (सूचक) आफ्नो मुख्य सल्लाहकार बनाउँदा राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय बाँकेका प्रमुख (एसपी) ओमबहादुर खड्का विवादित
कैलाली । राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय बाँकेका एसपी ओमबहादुर खड्का आफ्नै कारणले विवादित बनेका छन् । राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय...
-
मुस्ताङमा वन्यजन्तुसँगै रमाउन थाले पर्यटक
म्याग्दी, २२ भदौ । मुुस्ताङ भन्ने बित्तिकै धेरैले मुक्तिनाथ मन्दिर, कागबेनी, दामोदरकुण्ड, लोमान्थाङ, जोमसोम, लेते, मार्फालगायत स्थान, तालतलैया, हिमाल, मौलिक...
-
नेपाललाई ‘नन करप्ट’ राष्ट्रको पहिचान दिन कर्मचारीहरूलाई प्रधानमन्त्रीको आग्रह
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सहजरुपमा सेवा दिँदै नेपाललाई ‘नन करप्ट’ राष्ट्रको पहिचान दिन निजामती कर्मचारीहरूलाई आग्रह गरेका...
-
बीएन्डसीलाई एमबीबीएस पढाउन औपचारिक स्वीकृति
काठमाडौं । बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालिले लामो पर्खाइपछि चिकित्सा शिक्षा आयोगबाट चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) मा ५०...
-
मधेसमा पहिलोपटक एमबिबिएस पढाई हुने
काठमाडौं । चिकित्सा शिक्षा आयोगले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि चिकित्साशास्त्रमा स्नातक (एमबिबिएस)का लागि ५० सिट निर्धारण गरेको छ ।...
-
गृहमन्त्री लेखक र विश्व बैंकका निर्देशकबिच भेटवार्ता
काठमाडौँ । नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक डेभिड सिस्लेनसहितका पदाधिकारीले आज गृहमन्त्री रमेश लेखकसँग भेटवार्ता गरेका छन् । गृहमन्त्रीको...
-
फिफा विश्वकप छनोट २०२६ : इक्वेडरलाई हराउँदै ब्राजिलले विजयी
काठमाडौं । फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलले जित निकालेको छ । आज बिहान सम्पन्न खेलमा इक्वेडरलाई १–०...
-
सुनिता र बुचलाई लैजाने अन्तरिक्ष यान पृथ्वीमा फर्कियो
काठमाडौं । अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोरलाई अन्तरिक्षमा लैजाने बोइङको अन्तरिक्ष यान स्टारलाइनर पृथ्वीमा फर्किएको छ। अन्तरिक्ष यात्रा...
-
बसको ठक्करबाट दुई जनाको मृत्यु
काठमाडौं । नवलपुरको गैँडाकोट नगरपालिका वडा नं १० को भैसाखोरीमा गए राति बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।...