प्रदेश सरकारको अनुभूति गराउन कृषि र उद्योगमा सहयोग : मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारको अनुभूति गराउन कृषि र उद्योग क्षेत्रमा सहयोग उपलव्ध गराउँदै आएको बताउनुभएको छ । सूर्योदय मिल्स एण्ड बेभरेज उद्योग प्रालि विराटनगर–१४ द्वारा घ्यू जापान निर्यात हुने कार्यको आज शुभारम्भ गर्नुहुँदै उहाँले कृषिको उत्पादन र उपादकत्व बढाउन आयातलाई प्रतिस्थापन रोजगारी वृद्धिमा सहयोग पुर्याउने काम गरिरहेको जानकारी दिनुभयो ।
उहाँले कोशी प्रदेशबाट वार्षिक ५० टन घ्यु जापान निर्यात हुने सम्झौता हुनु गौरवको कुरा भएको र गुणस्तरमा विशेष ध्यान दिन आग्रह गर्नुभयो । उहाँले यस वर्षको नीति तथा कार्यक्रम र बजेटमा मिल्क एण्ड बेभरेजलाई स्वदेशको बजार खपत वृद्धि तथा विदेशमा निर्यात गर्न उत्पादन लागत घटाउन सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री कार्कीले प्रदेशको परिचयको रुपमा रहेको घ्यु, चिया, मह, चिउरा उत्पादन र ब्राण्डिङ गरी निर्यात प्रवद्र्धन गरेमा रोजगारी वृद्धि र गरिबी निवारण गर्न सकिने बताउनुभयो । उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव लेखराज दाहालले प्रदेशमा दूध उत्पादन वृद्धि भई तराईमा धुलो दूध, पहाडी क्षेत्रमा छुर्पी उत्पादन हुने गरेकाले सरकाले घ्यू, धुलो दूध उत्पादनमा अनुदान उपलव्ध गराएको जानकारी दिनुभयो ।
नेपाल डेरी एशोसिएशनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले उत्पादन लागत वृद्धिले डेरी उत्पादन निर्यातमा समस्या आएको जानकारी दिनुभयो । मुलुकमा दैनिक ६२ लाख लिटर दूध उत्पादन हुनका साथै ३१ लाख बजारमा बिक्रीका लागि जाने गरेको उहाँको भनाइ छ । दैनिक रु छ करोड रकम ग्रामीण क्षेत्रका किसानले प्राप्त गर्ने र ४० हजार जनाले प्रत्यक्ष रोजगारी पाएको उहाँले जानकारी दिनुभयो । उद्योगका सञ्चालक मनोज यादवले जापानको पद्क कर्पोरेशन लिमिटेडलाई यस पटक एक हजार दुई केजी घ्यू, तीन हजार केजी चिउरा, एक हजार दुई सय केजी मह, तीन हजार केजी चियापत्ती गरी १० टन निर्यात गर्न लागेको जानकारी दिनुभयो । आगामी प्रत्येक महिना पाँच टन घ्यू पठाउने उहाँले बताउनुभयो ।
विराटनगर १४ मा स्थापित उक्त डेरीले दैनिक धुलो दूध ३० हजार केजी, घ्यू दुई हजार केजी र दूध, दही, बटर उत्पादन गर्दै आएको छ । कोशी प्रदेश सरकारले प्रदेशमा धुलो दुध उत्पादनका लागि दुग्ध विकास आयोजना विराटनगरलाई रु पाँच करोड, सगरमाथा सहयोग दूध उत्पादन केन्द तरहरा सुनसरीलाई रु २० करोड र सूर्योदयलाई रु दुई करोड सहयोग उपलव्ध गराएको छ ।
Comments
अरु समाचार
-
सिंहदरबारबाट मन्त्रीले निर्देशन दिने होइन कार्यस्थल पुगेर गुनासो सुन्नुपर्छ : श्रममन्त्री अर्याल
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले कर्मचारीमा उत्साह जगाउन कार्यस्थलमा गएर गुनासो सुन्न आवश्यक रहेको बताएका छन्।...
-
कोशी सरकारविरुद्धको रिट खारेज, हिक्मत कार्कीकाे सरकारले निरन्तरता पाउने
काठमाडौं । सर्वोच्च अदालतले कोसी प्रदेश सरकारविरुद्धको रिट खारेज गरिदिएको छ । तत्कालीन मुख्यमन्त्री केदार कार्कीले आफू मुख्यमन्त्रीमा बहाल रहेका...
-
लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको हो भन्ने कुरामा सरकार दृढ र स्पष्ट छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायत महाकाली पूर्वको सबै भूभाग नेपालको हो भन्ने कुरामा सरकार...
-
नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ काठमाडौंमा बैठक सुरु
काठमाडौं । नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक आज बिहान साढे १० बजेदेखि सुरु भएको छ । काठमाडौँमा हुने बैठकमा...
-
सरकार र अनसनरत रुवी खानबीच के के भयो सहमति ?
काठमाण्डौ । सरकारी वार्ता टोली र अनसनरत रुवी खान नेतृत्वको वार्ता टोलीबीच पाँच बुँदे सहमति भएको छ । उपप्रधान एवम्...
-
रास्वपाले माग्यो राजदूतका लागि आवेदन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राजदूतका लागि आवेदन आह्वान गरेको छ । पार्टी सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछानेले सामाजिक...
-
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
काठमाडौं । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे समितिको बैठक कक्ष...
-
डीआईजी पोखरेल एआईजी पदमा बढुवाका लागि सिफारिस
काठमाडौं । गृहमन्त्रालयले प्रहरी नायव महानिरीक्षक (डीआईजी) पोषराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को पदमा बढुवाका लागि सिफारिस गरेको छ...
-
प्रतिनिधिसभाको बैठकमा आज सुरक्षित कारोबार विधेयक टेबुल गरिने
काठमाडौं ।संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने गरी बोलाइएको...