ताजा समाचार

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध

काठमाडौं । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ।

इच्छाकामना–६, जलबीरेमा माथिबाट पहिरो खसेको कारण सडक अवरुद्ध भएको नेपाल प्रहरीका सह–प्रवक्ता एसएसपी विश्व अधिकारीले जानकारी दिए।

उनका अनुसार पहिरोले दुईतर्फ नै गाडी गुड्न सकेका छैन। अहिले सडक खुलाउनका लागि जेसीबीहरु पठाएको अधिकारीले बताए। पानी परिरहेकोले बाटो खुलाउन गाह्रो भएको उनको भनाइ छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org