ताजा समाचार

भारतको मिजोरममा ढुङ्गाखानीमा पुरिएर ज्यान गुमाउनेको सङ्ख्या २७

काठमाडौं । छिमेकी मुलुक भारतको मिजोरममा ढुङ्गाखानीमा पुरिएर ज्यान गुमाउनेको सङ्ख्या २७ जना पुगेको छ ।

अविरल वर्षाका कारण मिजोरमको आइजोल जिल्लामा हिजो ढुङ्गाखानीमा पहिरो गएको थियो । बङ्गालको खाडीमा उत्पत्ति भएको रेमल चक्रवातका कारण भारी वर्षा भई पहिरो जाँदा मिजोरममा राष्ट्रिय सडक पनि बगाएको छ ।

मिजोरमको अरू राज्यसँगको यातायात सम्पर्क टुटेको बीबीसी हिन्दिले जनाएको छ । मिजोरम सरकारको सूचना तथा जनसम्पर्क विभागकाअनुसार त्यहाँ आवासीय पूर्वाधारमा क्षति हुँदा बिजुली र पानी आपूर्तिसमेत बन्द भएको छ ।

आपतकालीन कोषमा राज्य सरकारले १५ करोड रुपैयाँ छुटयाएको छ । मृतकका परिवारलाई ४४ लाख भारतीय रुपैयाँका दरले राहत उपलब्ध गराइने त्यहाँका सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

लगातार निकै ठूलो चक्रवात चल्दा मिजोरमका धेरै ठाँउमा बिजुलीको पोल र रुखसमेत उखेलिएका छन् । बङ्गालको खाडीमा विकसित भएको न्यून–चापीय प्रणाली जेठ १२ गते बेलुका शक्तिशाली चक्रवातमा परिणत भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org