ताजा समाचार

आज प्रतिनिधिसभाको बैठक बस्दै, बजेटमाथि छलफल प्रारम्भ हुने

काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्दैछ ।संघिय प्रतिनिधिसभा भवन नयाँ वानेश्वरमा दिउँसो ११ बजे बस्ने बैठकमा राजश्व र व्ययको वार्षिक अनुमान विवरण बजेटमाथि छलफल प्रारम्भ हुने संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले वक्तव्यसहित आर्थिक वर्ष २०८१०८२ को राजश्व र व्ययका वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र त्यसमाथि सामान्य छलफल प्रारम्भ हुने संसद् सचिवालयले बताएको छ । सरकारले गत जेठ १५ गते १८ खर्ब ६० अर्बको बजेट ल्याएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org