सेवा प्रवाहमा सुधार गरेर प्रदेशलाई बलियो बनाउनुपर्छः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनअपेक्षाअनुसार सेवा प्रवाह गरेर सङ्घीयता बलियो हुने उल्लेख गर्दै त्यसका लागि सम्बद्ध सबै निकायले सकारात्मक प्रयास गर्नुपर्ने बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा अन्तरप्रदेश व्यवस्थापिका मञ्चका पदाधिकारीहरूसँग आज बिहान भएको छलफलमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । प्रधानमन्त्रीले भने, “अन्तरप्रदेश व्यवस्थापिका मञ्च गठन गरेर संसद्को भूमिका प्रभावकारी बनाउन जुन भूमिका खेल्नुभएको छ, यो महत्त्वपूर्ण छ । आवधिक रूपमा यस्ता छलफल जरूरी छन् । सरकारले मञ्चका निष्कर्षहरूलाई गम्भीर रूपमा लिनेछ । अधिकतम सम्बोधनको प्रयास गर्नेछ ।”
छलफलका क्रममा प्रधानमन्त्रीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर र विरोधीबीच बहस भइरहेको बताउँदै जनतालाई राम्रो ‘डेलिभरी’ दिनुपर्ने बताए। उनले भने, “हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्र बलियो बनाउने, संविधानको प्रभावकारी कार्यान्वयन गर्ने पक्षका हौँ । यहाँ सङ्घीयताका विरोधीहरू प्रदेशमाथि आक्रमण गरेर व्यवस्थामाथि अनास्था फैलाउने कोसिसमा छन् । त्यस्तो प्रवृत्तिलाई हामीले निरूत्साहित गर्नुपर्छ । जनतालाई राम्रो ‘डेलिभरी’ दिएर प्रदेश र स्थानीय सरकारलाई बलियो बनाउनुपर्छ ।”
प्रधानमन्त्रीले सङ्घीय निजामती ऐन र प्रहरी समायोजनको काम शीघ्र निष्कर्षमा पुर्याउन आफूले पहल गरिरहेको बताएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । उनले भने, “सङ्घीय निजामती सेवा ऐन संसद्बाट चाँडो पारित गराउन र प्रहरी समायोजनको काम टु्ङ्ग्याउन मैले पहल गरिरहेको छु । यो निष्कर्षमा पुगेपछि प्रदेश र स्थानीय तह बलियो हुन्छ । सङ्घीयतामाथि प्रश्न उठाउनेहरू कमजोर हुन्छन् ।”
छलफलमा प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, सञ्चार तथा सूचना प्रविधिमन्त्री, कानुनमन्त्री, प्रतिनिधिसभाका उपसभामुख, राष्ट्रियसभाका उपाध्यक्ष, सातै प्रदेशका सभामुख र उपसभामुख, नेपाल सरकारका मुख्यसचिवलगायत उपस्थिति रहेको थियो ।
Comments
अरु समाचार
-
मधेसका मुख्यमन्त्री सिंहले आगामी असार २१ गते विश्वासको मत लिने
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले यही आगामी असार २१ गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री तथा...
-
वर्षाका कारण विराटनगरका अधिकांश भाग डुबानमा, विमानस्थल पनि बन्द
काठमाडौं । अविरल वर्षाका कारण विराटनगरका अधिकांश भाग डुबानमा परेका छन्। विराटनगर महानगरपालिका वडा नं १,२,३,४,५,६,११,१२ ,१४ र १९ डुबानका...
-
सेयर बजारमा सामान्य वृद्धि, फाइनान्स समूहमा भारी गिरावट
काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५ अंकले बढ्दा होटल एण्ड टुरिजम समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । आज...
-
देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा
काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभाग तथा लुम्बिनी...
-
लुम्बिनी सरकारबाट बाहिरियो उपेन्द्र नेतृत्वको जसपा
काठमाडौं । जसपा नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। सरकारमा सहभागी आफ्नो मन्त्रीलाई बाहिरिन निर्देशन दिदैँ जसपाले...
-
माछा मार्ने क्रममा खोलाले बगाउँदा शिक्षकको मृत्यु
काठमाडौं । जाजरकोटमा खोलाले बगाउँदा एकजना शिक्षकको मृत्यु भएको छ। मृत्यु हुनेमा जाजरकोटको कुशे गाउँपालिका–९ का घर भइ कालिका माविमा...
-
देशका केही भागमा भारी वर्षा हुने,सतर्कता अपनाउन आग्रह
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज अपराह्न र राति कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षाको...
-
आइतवारसम्ममा देशभर मनसुन फैलिन्छ: मौसम महाशाखा
काठमाडौं । आउँदो आइतवारसम्ममा देशभर मनसुन फैलिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...
-
देशका विभिन्न भागमा वर्षा, सर्तक रहन मौसम विभागको आग्रह
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशका पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको जनाएको छ...