लिच्छविकालीन सप्तपाताल पोखरी पुनःनिर्माण गरिँदै
काठमाडौं । लगनखेल बटुकभैरव मन्दिर अगाडिको लिच्छविकालीन सप्तपाताल पोखरी आकर्षक शैलीमा पुनःनिर्माण हुने भएको छ । लिच्छविकालीन इतिहास बोकेको उक्त पोखरी पुनःनिर्माणसँगै वरिपरि हरियाली रुखका रोप्ने काम सुरु भएको हो ।
रु ३७ लाख ५० हजारमा पोखरी खन्न ललितपुर महानगरसँग भएको सम्झौताअनुसार शिव निर्माण सेवाले पोखरीमा जम्मा भएको माटो निकाल्ने काम अन्तिम चरणमा पुयाएको ठेकेदार कम्पनीका प्रमुख रोशनकुमार थापाले जानकारी दिए । “ठेक्का सम्झौताअनुसार आगामी साउनको ३० गतेसम्म पोखरी खनेर तयार पार्नु पर्नेछ भने माटो परीक्षण प्रतिवेदनसमेत महानगरलाई बुझाउनु पर्नेछ”, उनले भने, “तोकिएको समयअगावै काम सम्पन्न गरेर महानगरलाई बुझाउने तयारी गरिरहेका छौँ ।”
पोखरीविज्ञ पद्मसुन्दर जोशी, आकाशे पानीविज्ञ प्रकाश अमात्य, पुष्पमान अमात्य, सुरेन्द्र श्रेष्ठ, पूर्णबहादुर श्रेष्ठलगायत टोलीको विज्ञताका आधारमा ललितपुर महानगरले लगनखेलस्थित उक्त पोखरीको पुनःनिर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेर काम सुरु गरेको थियो । सोहीअनुसार अहिले पोखरीको वरिपरि पारदर्शी बार लगाउने काम सम्पन्न भइसकेको छ ।
नमूना मच्छिन्द्र स्कुलले मिचेर बनाएका टहरासमेत भत्काएर पुनःनिर्माण गर्न ठूलो सङ्घर्ष गर्नुपरेको स्थानीय पूर्ण स्थापितले बताए । “वर्षौँसम्म छलफल र दबाब दिएपछि पोखरीलाई फिर्ता ल्याएका हौँ”, उनले भने, “सप्तपातल जोगाउन १५ वर्ष कानुनी लडाइँ लड्नु पर्यो । यहाँ पहिलाकै जस्तो पोखरी बनाउने योजना अनुसार महानगरले पहल थालेको छ ।”
पाटन सहरलाई पुनर्जीवन दिन सो पोखरी सहायकसिद्ध हुने ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले बताए। “यस पोखरीमा पानी भरेपछि नजिकका पोखरी र ढुङ्गेधारामा बाह्रै महिना पानी झर्ने विश्वास छ । यस पोखरीमा पानी भर्न यहाँभन्दा १४ किलोमिटरमाथि टीकाभैरवबाट राजकुलो हुँदै पानी ल्याउने अभियान छ”, उनले भने, “सातदोबाटो चक्रपथ निर्माण हुँदा राजकुलो पुरिएपछि यहाँ पोखरी मासियो । सप्तपाताल पोखरी पनि सुकेपछि अतिक्रमण बढेको थियो । अब यसलाई जीवन्त बनाउने योजनामा लागेका छौँ ।”
Comments
अरु समाचार
-
Nepal–China Investment Symposium Emphasizes Economic Cooperation and Investment Growth
Kathmandu,16 Dec : Nepal’s Finance Minister, along with leading industrialists and business representatives, has called upon Chinese entrepreneurs and business...
-
खगेन्द्रप्रसाद र रुद्रकली भैरहवा पुगे, बुधबार कतार उड्ने !
काठमाडौं । नेपाल सरकारले कतारलाई उपहारस्वरुप प्रदान गरेका खगेन्द्रप्रसाद र रुद्रकली हात्ती मंगलबार बिहान भैरहवा आइपुगेका छन् । सोमबार मध्यान्ह...
-
हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त...
-
विशेष परिस्थिति सिर्जना भएपछि उम्मेदवारी फिर्ताः राजेन्द्र गाैतम
काठमाडाैं । एमालेको ११ औं महाधिवेशनमा उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका राजेन्द्र गाैतमले उम्मेदवारी फिर्ता लिएका छन् । विशेष आग्रहपछि...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एसिया कप : बंगलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल
काठमाडौं । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपालले बंगलादेशविरुद्ध सुरुमा ब्याटिङ गर्दैछ। टस जितेर बंगलादेशले फिल्ड रोजेपछि...












