आज प्रधानमन्त्रीद्वारा हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण ‘सबस्टेशन’को उद्घाटन हुँदै
काठमाडौं । मुलुकको विद्युत् प्रसारण प्रणालीलाई सुदृढ एवं विश्वसनीय बनाउन तथा नेपाल र भारतबीच अबिच्छिन्न रूपमा बिजुली व्यापार गर्ने उद्देश्यले निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा ४०० किलोभोल्ट प्रसारण लाइनको ढल्केबर–इनरुवा खण्ड सम्पन्न भएको छ।
हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत धनुषाको ढल्केबरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेनसम्मको एक सय ५४ किलोमिटर ४०० किलोभोल्ट ‘डबल सर्किट’ प्रसारण लाइन निर्माण सम्पन्न भएको हो। अब यो प्रसारण लाइनबाट चार हजार मेगावाट विद्युत् प्रवाह गर्न सकिनेछ।
प्रधानमन्त्री पुष्पकमल दाहालले मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित हेटौँडा सबस्टेसनको आज यहाँ आयोजना हुने विशेष कार्यक्रममा उद्घाटन गर्ने कार्यक्रम रहेको सबस्टेशन आयोजना प्रमुख शुक्रराज देवटाले जानकारी दिए।
Comments
अरु समाचार
-
विपद्जन्य सूचनाहरू हेलो सरकारको ह्वाट्सएप नम्बरमा जानकारी दिन आग्रह
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कुनै पनि ठाउँमा बाढी, पहिरो र डुबानका कारण समस्या भएमा खबर गर्न सर्वसाधारणमा आग्रह...
-
अपडेट: बाढी, पहिरो र डुबानमा परेर ८७ जनाको मृत्यु, ७२ जना बेपत्ता
काठमाडौं । तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर अहिलेसम्म ८७ जनाको मृत्यु भएको छ । सशस्त्र...
-
पहिरोमा पुरिएका दुई बसबाट १४ जनाको शव निकालियो, अरु पनि पुरिएको आशंका
काठमाडौं । काठमाडौंको नागढुंगादेखि मुनि झ्याप्लेखोलामा पहिरोमा पुरिएको दुईवटा बसबाट १४ जनाको शव निकालिएको छ । शनिबार बिहान पहिरो जाँदा...
-
जीबी राई कहिल्यै पनि एपीवान टीभीको सञ्चालक नरहेको अन्नपूर्ण मिडिया प्रालिको दाबी
काठमाडौं । गितेन्द्रबाबु (जीबी) राई नामक व्यक्ति कहिल्यै पनि एपीवान टेलिभिजनको सञ्चालक नरहेको अन्नपूर्ण ब्रोडकाष्ट मिडिया प्रालिले दाबी गरेको छ...
-
पहिरो जाँदा र सडक भासिँदा नारायणगढ-मुग्लिन सडकखण्ड पूर्णरूपमा अवरुद्ध
१२ असोज, काठमाडौं । अत्याधिक वर्षाका कारण पहिरो जाँदा र सडक भासिँदा नारायणगढ-मुग्लिन सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ । नौकिलो...
-
पहिरोमा परी एकै परिवारका ५ जना सम्पर्कविहीन, २ जनाको मृत्यु
काठमाडौं । काभ्रेको पनौतीमा पहिरोमा परी एकै परिवारका ५ जना सम्पर्कविहीन भएका छन् । पनौती नगरपालिका ११, थुम्कीमा शनिबार बिहानै...
-
नेपाल वायुसेवा निगम धेरै विदेशी मुद्रा आर्जन गर्ने एयरलाइन्सको रुपमा सम्मानित
काठमाडौं । नेपाल वायुसेवा निगम धेरै विदेशी मुद्रा आर्जन गर्ने एयरलाइन्सको रुपमा सम्मानित भएको छ । ४५ औँ विश्व पर्यटन...
-
पाथीभरा केबलकारमा सतप्रतिशत स्थानीयलाई रोजगारी दिइने छ: अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ताप्लेजुङ पाथीभरा केबलकारमा सतप्रतिशत स्थानीयहरुलाई रोजगारी दिने बताएका छन् । ताप्लेजुङ...
-
सर्वोच्च अदालतमा दुई न्यायाधीश सिफारिस
काठमाडौं । आज बसेको न्याय परिषदको बैठकले सर्वोच्च अदालतमा रिक्त रहेका छ मध्ये दुई सिटमा न्यायाधिश सिफारिस गरेको छ...