गृहमन्त्री लामिछानेविरुद्धको रिट हेर्न नमिल्नेमा
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ नहुने भएको छ । भट्टराईले दायर गरेको सो रिट सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलासमा पेशी तोकिएको थियो । तर, न्यायाधीश मनोज शर्माले यसअघि आदेश दिएको हुँदा आज हेर्न नमिलेको हो ।
यसअघि जेठ २८ गते न्यायाधीशद्वय मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले गृहमन्त्री लामिछानेलाई निलम्बन गर्न माग गरिएको रिटमा रूपन्देही जिल्ला अदालतमा दायर भएको अभियोग पत्र मगाउने आदेश गरेको थियो । बहसका क्रममा निवेदकहरूले गृहमन्त्री लामिछानेविरुद्ध रूपन्देही जिल्ला अदालतमा दर्ता भएको अभियोग पत्रमा नाम उल्लेख भएको र उनले लिएको ऋणसमेत उल्लेख भएको जिकिर गरेका थिए । न्यायाधीशद्वय शर्मा र श्रेष्ठको इजलासले जितेन्द्रबाबु राई समेत भएको सहकारी ठगी विवाद सम्बन्धी मिसिल झिकाएर पूर्व आदेशअनुसार अग्राधिकार समेत दिने आदेशमा उल्लेख गरेको छ ।
अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री लामिछाने पदमा रहेर सहकारी ठगीको छानबिन निष्पक्ष नहुने भनी निलम्बनको माग गर्दै रिट दायर गरेका थिए । रिटमा लामिछानेविरुद्ध सहकारी ठगीको कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेज गर्न समेत माग गरिएको छ ।
महान्यायाधिवक्ता कार्यालय, महान्यायाधिवक्ता दिनमणि पोखरेल र गृहमन्त्री लामिछानेलाई विपक्षी बनाइएको रिटमा उपप्रधानमन्त्री तथा गृहमन्त्रीले धारण गरेको जिम्मेवारीले अनुसन्धान प्रक्रियामा अनुचित प्रभाव पार्ने तथा प्राकृतिक न्यायको सिद्धान्त विपरित समेतको दाबी गर्दै गृहमन्त्रीको पदबाट निजलाई निलम्बन गर्न माग गरिएको छ ।
Comments
अरु समाचार
-
जनताको जीवनस्तर उकास्न कृषिमा आधुनिकीकरण आवश्यक छः राष्ट्रपती पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनले धानखेतीमा पारेको बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्दै धान उत्पादन एवं उत्पादकत्व बढाउन सरकार,...
-
टी–२० विश्वकपको फाइनलमा आज भारत र दक्षिण अफ्रिका भिड्दै
काठमाडौँ । जारी टी–२० विश्वकपको फाइनल खेल आज हुदै छ । फाइनलमा उपाधिका लागि भारत र दक्षिण अफ्रिकाबीच भिडन्त हुदै...
-
राजस्व अनुसन्धान विभागकाे टाेली भैरहवा र नेपालगन्जमा, स्थानीय उद्यमी–व्यवसायीहरूसँग अन्तरकिया सम्पन्न
काठमाडौं । राजस्व अनुसन्धान विभागका महानिर्देशक चक्रबहादुर बुढा भैरहवा,बुटवल,कपिलवस्तु,बाँके र वर्दिया लगायतका जिल्लाको राजस्व चुहावट,राजस्व अनुसन्धान कार्यालय बुटवल, कोहलपुरको अनुगमन...
-
आज राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने पर्व मनाइँदै
काठमाडौं । आज विभिन्न कार्यक्रम गरी राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने पर्व मनाइँदै छ। असार १५ दही चिउरा...
-
मौसम विभागले भन्यो- देशभर वर्षा हुन्छ, सतर्क हुनुहोस्
काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार...
-
आजको राशिफलः २०८१ असार १५ गते शनिवार
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : तत्काल लाभ उठाउँदा पछि हुने फाइदा घट्न सक्छ। तापनि...
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ: एमाले अध्यक्ष ओली
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेपाली राजनीतिको केन्द्रमा रहने राजनीतिज्ञ हुन्। विचारमा स्पष्ट...
-
सरकार समाजवादको आधार तयार पार्न लागिपरेको छ: प्रधानमन्त्री ‘प्रचण्ड’
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्ति र परिवर्तनका उपलब्धिहरू संस्थागत गर्दै समाजवादको आधार तयार पार्न सरकार लागिपरेको बताएका छन्...
-
आज जननेता मदन भण्डारीको ७३औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै
काठमाडौं । तत्कालीन नेकपा एमालेका महासचिव तथा जननेता मदनकुमार भण्डारीको आज ७३ औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदैछ। जन्मजयन्तीका अवसरमा...