ताजा समाचार

राजस्व अनुसन्धान विभागकाे टाेली भैरहवा र नेपालगन्जमा, स्थानीय उद्यमी–व्यवसायीहरूसँग अन्तरकिया सम्पन्न

काठमाडौं । राजस्व अनुसन्धान विभागका महानिर्देशक चक्रबहादुर बुढा भैरहवा,बुटवल,कपिलवस्तु,बाँके र वर्दिया लगायतका जिल्लाको राजस्व चुहावट,राजस्व अनुसन्धान कार्यालय बुटवल, कोहलपुरको अनुगमन र यी क्षेत्रका जिल्ला प्रशासन कार्यालय,नेपाल प्रहरी, सशस्त्र प्रहरी वल, राष्ट्रिय जिल्ला कार्यालय, अन्य सुरक्षा निकाय र उद्यमी–व्यवसायीहरूसँग अन्तरकिया कार्यमा व्यस्त भएका छन् ।

असार १३ र १४ गते महानिर्देशक बुढासँगै प्रधानमन्त्री कार्यालयका सेक्रेटरीलगायतको टोली भैरहवा,कपिलवस्तु,बाँके र वर्दिया लगायतका जिल्लाहरूमा गएको छ । भैरहवा,कपिलवस्तु,बाँके,वर्दियामा महानिर्देशक बुढासहितको टोलीले रुपन्देही उद्योग वाणिज्य संघ ,बुटवल उद्योग वाणिज्य संघ,कपिलवस्तु उद्योग वाणिज्य संघ,बाँके उद्योग वाणिज्य संघ, नेपाल उद्योग वाणिज्य संघ,वर्दिया उद्योग वाणिज्य संघ लगायतका उद्योगी व्यवसायीहरूसँग राजस्व छली र चोरी तस्करी नियन्त्रणका विषयमा गहन र गम्भीर अन्तक्रिया गरेको छ ।

राजस्व अनुसन्धान विभागका महानिर्देशक चक्रबहादुर बुढाले पछिल्लो समय राजस्व चुहावट र छलि विरूद्व कडा एक्सनमा उत्रिएपछि राजस्वमारा काला व्यापारीहरू आतंकित बनेका छन। महानिर्देशक बुढाले रुपन्देही,कपिलवस्तु,बाँके र वर्दियामा रहेका सरकारी कार्यालयका प्रमुखहरूसहित सीमा क्षेत्रको स्थलगत निरीक्षणसमेत गरेका छन ।

राजस्व अनुसन्धान विभाग अन्तर्गतको कार्यालय समेत बुटवलर र कोहलपुरमा रहेको छ । राजस्व अनुसन्धान विभागको बुटवल कार्यालयका प्रमुख नेकपा (एकीकृत समाजवादी) कि सचिव राम कुमारी झाक्रीका पति पशुपति पुरी र कोहलपुर कार्यालय प्रमुखमा तिर्थ खनाल रहेका छन। त्यहाँको अन्तरक्रिया कार्यक्रमको संयोजन पुरी र खनालले गरेका थिए ।

पछिल्लो समय भैरहवा भन्सार कार्यालय,कृष्णनगर भन्सार कार्यालय,नेपालगन्ज भन्सार कार्यालय र खुला सिमाबाट व्यापक राजस्व चुहावटका मालवाहक सवारी साधन अत्याधिकरूपमा नेपाल प्रहरी र सशस्त्र प्रहरी वलले समाएर राजस्व अनुसन्धान विभाग पठाएपछि भैरहवा,कृष्णनगर,नेपालगन्ज भन्सार कार्यालयका कमी(कमजोरीका बारेमा समेत छलफल भएको छ । अहिले राजस्व चुहावट र छलि नियन्त्रणमा कडाइ गर्न महानिर्देशक बुढा निकै सकृय भएका छन।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org