ताजा समाचार

निर्जीवन बीमा कम्पनीको ११ महिनाको आम्दानी ३६ अर्ब

काठमाडौं । निर्जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ३६ अर्ब आम्दानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार १८ वटा निर्जीवन बीमा कम्पनीले ११ महिनामा ३६ अर्ब ५६ करोड ९१ लाख आम्दानी गरेका हुन् ।

निर्जीवन बीमा कम्पनीको आम्दानी गत वर्षको ११ महिनाको तुलनामा वृद्धि भएको देखिएको छ । गत चालु आर्थिक वर्षको ११ महिनामा ३४ अर्ब १५ करोड ८८ लाख रुपैयाँ बराबरको २५ लाख १७ हजार ३१५ वटा बीमालेख जारी गरेको थिए । जेठ महिनामा मात्र ३ अर्ब ५० करोड ३ लाख ५३ हजार बराबरको आम्दानी गरेको प्राधिकरणले जनाएको छ । कम्पनीहरूले ११ महिनाको अवधिमा २७ लाख १३ हजार ७१ वटा बीमालेख जारी गरेका छन् भने जेठ महिनामा मात्र २ लाख २५ हजार ३४४ बीमालेख जारी गरेका छन् ।

कर्णाली प्रदेशमा कम बीमा जारी कर्णाली प्रदेशमा सबैभन्दा कम बीमा जारी भएको छ भने सबैभन्दा बढी बागमती प्रदेशमा भएको छ । कर्णाली प्रदेशमा ५६ हजार ५८ वटा बीमालेख जारी भएको छ भने बागमती प्रदेशमा ११ लाख ६४ हजार २१९ बीमालेख जारी भएको बीमा प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै, कोशीमा ३ लाख ४५ हजार ३८०, मधेसमा २ लाख ९३ हजार २६८, गण्डकीमा २ लाख ७४ हजार ४३८, लुम्बिनीमा ४ लाख ४० हजार ४६२ र सुदूरपश्चिममा १ लाख ३९ हजार ३४६ वटा बीमालेख जारी भएको प्राधिकरणले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org