ताजा समाचार

रास्वपाले माग्यो राजदूतका लागि आवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राजदूतका लागि आवेदन आह्वान गरेको छ । पार्टी सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछानेले सामाजिक सञ्जाल एक्स (ट्विटर)मा राजदूतका लागि आवेदन आह्वान गरेको जानकारी दिएका छन् । रास्वपाले राजदूत छनौटका लागि पार्टीको अन्तराष्ट्रिय सम्बन्ध विभागका प्रमुख शिशिर खनालको संयोजकत्वमा सोविता गौतम र प्रा।डा। अतीन्द्र दाहाल सदस्य रहेको कार्यदल बनाएको छ ।

कार्यदलले ‘राजदूत सिफारिस मापदण्ड २०८१’ तयार पारेको सभापति लामिछानेले जानकारी दिएका छन् । उनका अनुसार मापदण्ड पुगेका उपयुक्त उम्मेदवारले असार १४ गतेसम्म आवेदन दिन सक्ने छन् । आवेदनअनुसार आगामी दिनका लागि पनि रोष्टर तयार पारिने लामिछानेको भनाइ छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org