मदनभण्डारी मेमोरियल कलेजलाई विश्वविद्यालय बनाउन सकारात्मक सहयोग रहन्छ: सभामुख घिमिरे
काठमाडौं । सभामुख देवराज घिमिरेले मदन भण्डारी कलेजलाई विश्वविद्यालय बनाउन आफ्नो तर्फबाट सकारात्मक सहयोग रहने बताएका छन् ।
बानेश्वरस्थित मदनभण्डारी मेमोरियल कलेजको २३औँ वार्षिकोत्सवको उद्घाटन गर्दै सभामुख घिमिरेले पछिल्लो समय शिक्षा सरल, सुलभ र पहुँचयोग्य बनाउन समस्या उत्पन्न भएकाले यस कलेजमा सबैको पहुँच पुग्ने गरी व्यवस्थापन गरिनुपर्ने धारणा राखे । “मदनभण्डारी कलेजलाई विश्वविद्यालय बनाउने योजनामा मेरो सधैँ सकारात्मक सहयोग रहन्छ । शिक्षालाई व्यावहारिक बनाउने नीति ल्याउन पनि म संवेदनशील छु”, उनले भने ।
सभामुख घिमिरेले जननेता मदन भण्डारी जस्तो द्वन्द्वात्मक भौतिकवादी चेत भएका नेतालाई भावी पुस्ताले अनुसरण गर्नुपर्ने सुनाए। ३० वर्षअघि रहस्यमय मृत्युवरण गरेका भण्डारीले समाज रुपान्तरणको दर्शन अनुसरण योग्य भएको उल्लेख गर्दै उनले भण्डारीका विचारलाई बुझाउने र बुझ्ने दक्ष जनशक्ति निर्माण गर्न आवश्यक रहेकामा जोड दिए ।
त्यसअवसरमा उत्कृष्ट एवं स्वर्णपदक पाएका विद्यार्थीलाई सम्मान गरिएको थियो । कलेजका प्राचार्य डा.बाबुराम अधिकारीले २३ वर्षको अवधिमा कलेजको शैक्षिक गुणस्तरमा निरन्तर सुधार हुँदै गएको बताए । त्यसैकारण देशका पाँच उत्कृष्ट कलेजमा पर्न सफल भएको उनले बताए। कार्यक्रममा कलेजको ट्रान्सफर्मेसन इ–बुलेटिन र स्काउट कार्यक्रमसमेत उद्घाटन गरिएको थियो ।
Comments
अरु समाचार
-
कृष्णमान प्रधानले १ करोड २५ लाखको चाङमुनी यौन दुर्व्यवहारको मुद्दा लुकाएको खुलासा
काठमाडौं। संवैधानिक परिषद्ले ‘जो रक्षक उही भक्षक’भनेझैँ संविधाकै हुर्मत लिएको पाईएको छ । नेपालको संविधान २०७२ को धारा २४५ को...
-
प्रधानमन्त्रीले राजीनामा दिनु उचितः अध्यक्ष ओली
काठमाडौं । वर्तमान सत्ता गठबन्धन मध्येको मुख्यघटक नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटार निवासमा...
-
निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानविरुद्ध चार वटा उजुरी दर्ता
काठमाडौं । निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानविरुद्ध संसदीय सुनुवाई समितिमा चारवटा उजुरी परेको छन्। सिंहदरबारमा मंगलबार बसेको संसदीय...
-
बूढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । एमालेसँगको सहमतिपछि देउवाले आज बिहान ९ बजे आफ्नै...
-
कांग्रेसले पदाधिकारीको बैठक बोलायो,नयाँ सरकारका बारेमा छलफल हुने
काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारीको बैठक बोलाएको छ। नयाँ सरकार गठनबारे छलफल गर्न गर्न सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बैठक...
-
काङ्ग्रेस र एमाले अब नयाँ सत्ता साझेदार, प्रदेशको नेतृत्वबारे समेत सहमति
काठमाडौं । नेपाली काङ्ग्रेस र नेकपा एमाले नयाँ सत्ता साझेदार बन्ने भएका छन्। काँग्रेसले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा...
-
प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं । एकजना पनि संघीय मन्त्रीहरू नआएपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। सभामुख देवराज घिमिरेले सोमबार बिहान साढे ११ बजे...
-
प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, समसामयिक विषयमा छलफल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान भेटवार्ता भएको छ । भेटवार्ताको...
-
काठमाडौं महानगरपालिकाद्वारा ‘स्थानीय पेय पदार्थको ब्राण्डिङ्’ सम्भाव्यता अध्ययन शुरु
काठमाण्डौ। काठमाण्डौ महानगरपालिकाले 'स्थानीय पेय पदार्थको ब्राण्डिङ्' सम्भाव्यता अध्ययन शुरु गरेको छ । नेवाः समुदायले धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यका...