ताजा समाचार

बूढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।

एमालेसँगको सहमतिपछि देउवाले आज बिहान ९ बजे आफ्नै निवास बूढानीलकण्ठमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका हुन् । गएराति देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले सहकार्यका लागि सात बुँदे सहमति गरेका छन् ।

सहमति अनुसार सुरुको डेढवर्ष ओलीले सरकारको नेतृत्व गर्नेछन् भने त्यसपछिको बाँकी समय देउवाले नेतृत्व गर्ने सहमति भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org