प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, समसामयिक विषयमा छलफल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान भेटवार्ता भएको छ । भेटवार्ताको विषय सार्वजनिक भएको छैन ।
तर प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिक परिस्थिति, सरकारका कामकारबाही, शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउने लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले सरकारका कामको अझ प्रभावकारी कार्यान्वयन, संक्रमणकालीन न्याय सम्पादन लगायतका समसामयिक राजनीतिक विषयमा छलफल भएको बताए ।
नयाँ सत्ता समीकरणको प्रयास भइरहेको चर्चाकाबीच प्रचण्ड र ओलीबीच भएको भेटलाई अर्थपूर्ण मानिएको छ ।आइतबार पनि प्रचण्ड, ओली र रास्वपा सभापति रवि लामिछानेबीच सिंहदरबारमा छलफल भएको थियो ।
ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सत्ता साझेदारीका विषयमा छलफल भएका समाचार सार्वजनिक हुँदै आएका छन् । यसले हाल सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्र र अर्को सत्ता साझेदार दल रास्वपा दबाबमा परेको विश्लेषण भइरहेको छ ।
Comments
अरु समाचार
-
सशस्त्र प्रहरीले माग्यो ४८ इन्स्पेक्टर (विज्ञापनसहित)
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले ४८ निरीक्षक (इन्स्पेक्टर) माग गरेको छ । सशस्त्र प्रहरी बल मानव स्रोत विभाग, मानव...
-
एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिदै
काठमाडौं । नेकपा एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । केन्द्रीय सत्ता समीकरणमा फेरबदल आएसँगै नेकपा...
-
अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनल प्रवेश
काठमाडौं । साबिक विजेता अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको छ। एनआरजी स्टेडियममा आज सम्पन्न खेलमा इक्वेडरलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले...
-
भारतीय सेवा क्षेत्रको निर्यात बढ्दै गएको तथ्याङ्क
काठमाडौं । भारतीय सेवा क्षेत्रको निर्यात बढ्दै गएको पाइएको छ । सन् २००९–१० मा केबल ९५ अर्ब डलर रहेको भारतको...
-
मौसम: कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानमा भारी वर्षा
काठमाडौं । आगामी तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाको...
-
आजको राशिफलः २०८१ असार २१ गते शुक्रवार
मेषः परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु परास्त हुनेछन् भने रोगबाट उन्मुक्ति मिल्नेछ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो...
-
नाम चलेका विराटनगरका सामुदायिक विद्यालयको नतिजा एसईईमा कमजाेर
विराटनगर।अंग्रेजी माध्यमबाट अध्यापन हुने विराटनगरका नाम चलेका सामुदायिक विद्यालयमध्ये विराटनगरका पोखरीया माध्यमिक, आदर्श मावि र सत्यनारायण माविले यसवर्ष शतप्रतिशत नतिजा...
-
दीर्घकालीन असर पर्ने निर्णय नगर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह
काठमाडौं । सरकारको नेतृत्व गर्ने तयारीमा रहेको नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न आग्रह गरेको...
-
मार्ग प्रशस्त गर्न लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई एमालेको आग्रह
काठमाडौं । नेकपा एमालेले लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरालाई राजीनामा दिन आग्रह गरेको छ। बिहीबार मुख्यमन्त्री महरालाई भेट गर्दै एमाले...