विद्युतीय सामग्री र ब्रेक सुमा लुकाएर करिब ३२ क्वीन्टल सुन तस्करी
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विद्युतीय सामाग्री र ब्रेक सुमा लुकाएर करिब ३२ क्वीन्टल सुन तस्करी भएको निष्कर्ष निकालेको छ । सुन तस्करीको दोश्रो चरणको अनुसन्धानबारे जानकारी दिन सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सीआईबीले विद्युतीय सामाग्री र ब्रेक सुमा लुकाएर ३ हजार १ सय ९४ दशमलव ६६८ सुन तस्करी भएको जानकारी गराएको हो ।
उक्त सुनको बजार मूल्य ३० अर्ब ८२ करोड २२ लाख ९१ हजार २ सय ७२ रुपैयाँ छ । सीआईबीले भुजेल क्ट्रोनिक सप्लायर्स, रेडी ट्रेडर्स लगायत पाँच सप्लायर्सहरूले उक्त परिमाणको सुन भित्राएको जनाएको छ ।सीआईबीका डिएसपी सुन्दर तिवारीले दोश्रो चरणको अनुसन्धानको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाइएको जानकारी दिए । यस क्रममा २० जनालाई पक्राउ गरिएको र २६ जना अझै फरार सूचीमा रहेको उनले बताए ।
यस्तै भुक्तानी सेवा प्रदायक पेवेल नेपाल प्रालि र सजिलो पे पेमेन्ट सर्भिसेजले लाइसेन्सको दुरुपयोग गर्दै सुन तस्करीमा पटक–पटक गरी कूल ५५ अर्ब ७९ करोड ८८ लाख ८५ हजार ८ रुपैयाँ ५३ पैसा भुक्तानी सहजीकरण गरिरहेको भेटिएको डिएसपी तिवारीले जानकारी दिए ।
त्यस्तै सीआईबीका प्रमुख एआईजी श्यामलाल ज्ञवालीले भेपबाहेकको सुन तस्करीको अनुसन्धानका क्रममा पूर्वसभामुख कृष्णबहादुर महरा र दिपेश पुनको संलग्नता नदेखिएको बताए । सीआईबीले भन्सार ऐन, संगठित अपराध निवारण ऐन, मुलुकी अपराध संहिता, नागरिकता ऐन, राहदानी ऐन, नेपाल राष्ट्र बैंक ऐनलाई आधार बनाएर प्रतिवादीबाट २ खर्ब ६६ अर्ब ६७ करोड ९ लाख बिगो माग दाबी गरेको छ ।
Comments
अरु समाचार
-
प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने भएका छन् । आज शुक्रबार संसद सचिवालयलाई पत्र पठाएर संसदबाट...
-
शिक्षा क्षेत्रलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउनु पर्छः शिक्षा मन्त्री श्रेष्ठ
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउनका लागि सबैको सहयोग आवश्यक रहेको बताएकी छन्...
-
राष्ट्रियसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित
काठमाडौं। राष्ट्रियसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । शुक्रवार बसेको राष्ट्रियसभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त...
-
सशस्त्र प्रहरीले माग्यो ४८ इन्स्पेक्टर (विज्ञापनसहित)
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले ४८ निरीक्षक (इन्स्पेक्टर) माग गरेको छ । सशस्त्र प्रहरी बल मानव स्रोत विभाग, मानव...
-
एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिदै
काठमाडौं । नेकपा एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । केन्द्रीय सत्ता समीकरणमा फेरबदल आएसँगै नेकपा...
-
अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनल प्रवेश
काठमाडौं । साबिक विजेता अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको छ। एनआरजी स्टेडियममा आज सम्पन्न खेलमा इक्वेडरलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले...
-
भारतीय सेवा क्षेत्रको निर्यात बढ्दै गएको तथ्याङ्क
काठमाडौं । भारतीय सेवा क्षेत्रको निर्यात बढ्दै गएको पाइएको छ । सन् २००९–१० मा केबल ९५ अर्ब डलर रहेको भारतको...
-
मौसम: कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानमा भारी वर्षा
काठमाडौं । आगामी तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाको...
-
आजको राशिफलः २०८१ असार २१ गते शुक्रवार
मेषः परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु परास्त हुनेछन् भने रोगबाट उन्मुक्ति मिल्नेछ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो...