नेपाल वायुसेवा निगमले मनायो ६६ औँ वार्षिक उत्सव
काठमाडौं । नेपाल वायुसेवा निगमले आफ्नो ६६ औं वार्षिकोत्सव असार १७ गते विविध रचनात्मक कार्यक्रम गरि भव्यताका साथ मनाएको छ । उक्त अवसरमा वैदिक विधि अनुसार आकाश भैरवको पूजा आराधना पश्चात् निगमको कार्यकारी अध्यक्ष युबराज अधिकारीले आमन्त्रित सवैलाइ स्वागत गर्दै सहभागिताको लागि धन्यवाद ज्ञापन दिएका थिए ।
वार्षिक उत्सव कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङले नेपाल वायुसेवा निगमको उत्तरोत्तर प्रगति तथा उन्नतिको कामना सहित हार्दिक शुभकामना दिँदै प्रभातफेरि कार्यक्रमको शुरुवात गरेका थिए । उक्त प्रभातफेरि कार्यक्रम निगमको प्रधान कार्यालय कान्तिपथबाट सुरु भई न्यूरोड, भोटाहिटी, भद्रकाली, शहीदगेट हुँदै निगमको प्राङ्गणमा आई टुंगिएको थियो ।
निगमको ६६ औं वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत केन्द्रीय कार्यालयमा गत असार ७ गते सम्पूर्ण कर्मचारीहरुको लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो । गत असार १२ गते टेबल टेनिस प्रतियोगिता सम्पन्न भएको थियो ।उक्त प्रतियोगितामा पुरुषतर्फ निगमका कामु उप–निर्देशक, प्रितम प्रसाद प्रधान प्रथम हुनु भएका थिए भने निगमका कार्यकारी अध्यक्ष युबराज अधिकारी द्वितीय भएका थिए । महिला तर्फ निगमका उप–निर्देशक, सविना शाक्य प्रथम भएकी थिइन ।
यसै अवसरमा गत असार १३ गते निगमको केन्द्रीय कार्यालयमा र एयरपोर्टमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा निगमका २१८ जना कर्मचारीले रक्तदान गरेका थिए । त्यस्तै गत असार १४ गते शुक्रबार एयरपोर्ट टिम र प्रधान कार्यालय टिम बिच महिला–महिला, पुरुष–पुरुष मैत्रीपूर्ण फुटबल खेल आयोजना भएको थियो ।
विजेताहरुलाई गत असार १७ गतेको वार्षिकोत्वसवको अवसरमा मन्त्रीबाट मेडल, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो। सहभागी अन्य खेलाडीहरुलाई निगमका कार्यकारी अध्यक्ष अधिकारी र प्राविधिक नायव महाप्रवन्धक डोलेश्वर कोइरालाले मेडलबाट ट्रफी तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
यसैबीच वार्षिकोत्सबका अवसरमा मन्त्रीले निगमको हितमा हुने कार्यमा सधैँ आफ्नो साथ सहयोग रहने जनाउँदै नेपाल वायुसेवा निगमको ६६ ओैं वर्षको गर्विलो इतिहास कायम राख्दै इमान्दारीपूर्वक काम गर्न कर्मचारीहरुलाई निर्देशन दिंदै सबैले एकसाथ इमान्दारीताका साथ काम गरे मात्र निगमले प्रगति गर्न सक्ने विश्वास व्यक्त गरेका थिए ।
त्यसैगरी निगमको कार्यकारी अध्यक्ष अधिकारीले आमन्त्रित सबैलाई सहभागिताको लागि धन्यवाद ज्ञापन गरेका थिए । उक्त अवसरमा बोल्दै कार्यकारी अध्यक्ष अधिकारीले सम्पूर्ण कर्मचारीहरुलाई अनुशासित भई एकजुट भएर बाधा अड्चनलाई छिचोल्दै, राष्ट्रिय दायित्वको भूमिका निर्वाह गर्दै, राष्ट्रिय ध्वजावाहकको मान र स्वाभिमान कायम राख्दै निगमको हितमा कार्य गर्नुपर्नेमा जोड दिँदै सहभागी सबैलाई धन्यवाद दिदै कार्यक्रमको समापन गरेका थिए । यस पटक निगमले आर्थिक मितव्ययिता अपनाई ६६ ओैं वार्षिक उत्सव कार्यक्रम मनाएको छ ।
Comments
अरु समाचार
-
Nepal–China Investment Symposium Emphasizes Economic Cooperation and Investment Growth
Kathmandu,16 Dec : Nepal’s Finance Minister, along with leading industrialists and business representatives, has called upon Chinese entrepreneurs and business...
-
खगेन्द्रप्रसाद र रुद्रकली भैरहवा पुगे, बुधबार कतार उड्ने !
काठमाडौं । नेपाल सरकारले कतारलाई उपहारस्वरुप प्रदान गरेका खगेन्द्रप्रसाद र रुद्रकली हात्ती मंगलबार बिहान भैरहवा आइपुगेका छन् । सोमबार मध्यान्ह...
-
हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त...
-
विशेष परिस्थिति सिर्जना भएपछि उम्मेदवारी फिर्ताः राजेन्द्र गाैतम
काठमाडाैं । एमालेको ११ औं महाधिवेशनमा उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका राजेन्द्र गाैतमले उम्मेदवारी फिर्ता लिएका छन् । विशेष आग्रहपछि...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एसिया कप : बंगलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल
काठमाडौं । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपालले बंगलादेशविरुद्ध सुरुमा ब्याटिङ गर्दैछ। टस जितेर बंगलादेशले फिल्ड रोजेपछि...












