मौसम: कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानमा भारी वर्षा
काठमाडौं । आगामी तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाको बुलेटिनअनुसार आज शुक्रबारदेखि आइतबारसम्म देशका अधिकांश स्थानमा हल्कादेखि भारी वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।
त्यसैगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा तथा थोरै स्थानमा अति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
उच्च जोखिममा रहेको जिल्लामा गण्डकी प्रदेशअन्तर्गत म्याग्दी, बागलुुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासीपूर्व र मुस्ताङ रहेका छन् । लुम्बिनी प्रदेशमा कपिलवस्तु, रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, प्यूठान, नवलपरासी पश्चिम, रोल्पा र रुकुमपूर्वलाई महाशाखाले उच्च जोखिममा राखेको छ । कर्णाली प्रदेशको जाजरकोट, दैलेख, रुकुमपश्चिम, कालीकोट, जुम्ला, हुम्ला र सुदूरपश्चिम प्रदेशमा डडेलधुरा, डोटी, अछाम, दार्चुला, बझाङ, बैतडी र बाजुरा उच्च जोखिममा रहेको महाशाखाले जनाएको छ ।
विगत केही दिनदेखि मनसुन न्यूनचापीय रेखाका कारण नेपालमा सक्रिय हुन थालेको छ । सो न्यूनचापीय रेखा थप केही दिन नेपालको दक्षिणी भूभाग आसपास रहने र मनसुन अझ सक्रिय हुने सम्भावना भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । शुक्रबारदेखि आइतबारसम्म भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्न सक्ने महाशाखाले जानकारी गराएको छ ।
दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी गर्न सर्वसाधारण तथा सबै सरोकारवाला निकायलाई महाशाखाले अपिल गरेको छ ।
Comments
अरु समाचार
-
भ्रष्टाचारमा मुछिएका पूर्वएआईजी अमेरिकामा टिकटकमा रमाउँदै
काठमाडौं। नेपाल प्रहरीमा कार्यरत रहँदा अवैधरूपमा अरबौ कमाएको भनी आरोप लाग्दै आएका र अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा गत असोज १४...
-
दोस्रो अभ्यास खेलमा नेपालको जित
काठमाडौं। क्यानडामा गए राती नेपाल र हाइप्रोफमेन्स (एचपी)बिच भएको दोस्रो अभ्यास खेलमा नेपालले जित हासिल गरेको छ । क्यानडाको दोस्रो...
-
लाभग्राहीको सङ्ख्या यकिन गरेर यथाशीघ्र विवरण पठाउन गृह मन्त्रालयको निर्देशन
काठमाडौं । गृह मन्त्रालयले विपद्बाट लाभग्राहीको सङ्ख्या यकिन गरेर यथाशीघ्र विवरण पठाउन मातहतका निकायलाई निर्देशन दिएको छ । मन्त्रालयले यसरी...
-
पत्रकार महासंघको निर्वाचन मङ्सिर २८ गते गर्ने निर्णय
भक्तपुर। नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न भएको छ । नेपाल पत्रकार महसङ्घ...
-
दुर्गापक्षको चौथो दिन आज कुष्माण्डाको पूजा गरिँदै
काठमाडौँ, २० असोजः नवरात्रको चौथो दिन दसैँघर वा पूजा कोठामा कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल...
-
आजको राशिफल: २०८१ साल असोज २० गते आइतवार
मेषः कामले वादविवाद समेत निम्त्याउन सक्छ। साँझतिर स्वास्थ्य कमजोर रहनेछ र कामको चाप बढ्नेछ। सञ्चित रकम खर्चनुपर्ने हुन सक्छ। केही...
-
नयाँ प्रधानन्यायाधीश राउतको शपथ भोलि हुँदै
काठमाडौं । नयाँ प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको शपथ भोलि (आइतबार) हुने भएको छ। राष्ट्रपति भवनमा आइतबार दिउँसो १ः ३० बजे राष्ट्रपतिको...
-
पोखरामा बजार अनुगमन, अखाद्य वस्तु जफत
काठमाडौं । दसैँ, तिहारलगायत ठूला चाडबाडलाई लक्षित गरी पोखरा महानगरपालिकाले बजार अनुगमन सुरु गरेको छ । अखाद्य वस्तुको किनमेल र...
-
बाढीपीडित किसानको गुनासो- स्याहार्ने बेलाको धान बाढीले लग्यो, अब के गर्ने थाहा छैन
राजविराज (सप्तरी), १९ असोजः सप्तरी हनुमाननगर कङ्कालिनी नगरपालिका-१ कोशी ब्यारेजका भीमराज मण्डलले दुई बिघामा लगाएको धानखेती बाढीले बगायो । कोशी...