मौसम: कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानमा भारी वर्षा
काठमाडौं । आगामी तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाको बुलेटिनअनुसार आज शुक्रबारदेखि आइतबारसम्म देशका अधिकांश स्थानमा हल्कादेखि भारी वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।
त्यसैगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा तथा थोरै स्थानमा अति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
उच्च जोखिममा रहेको जिल्लामा गण्डकी प्रदेशअन्तर्गत म्याग्दी, बागलुुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासीपूर्व र मुस्ताङ रहेका छन् । लुम्बिनी प्रदेशमा कपिलवस्तु, रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, प्यूठान, नवलपरासी पश्चिम, रोल्पा र रुकुमपूर्वलाई महाशाखाले उच्च जोखिममा राखेको छ । कर्णाली प्रदेशको जाजरकोट, दैलेख, रुकुमपश्चिम, कालीकोट, जुम्ला, हुम्ला र सुदूरपश्चिम प्रदेशमा डडेलधुरा, डोटी, अछाम, दार्चुला, बझाङ, बैतडी र बाजुरा उच्च जोखिममा रहेको महाशाखाले जनाएको छ ।
विगत केही दिनदेखि मनसुन न्यूनचापीय रेखाका कारण नेपालमा सक्रिय हुन थालेको छ । सो न्यूनचापीय रेखा थप केही दिन नेपालको दक्षिणी भूभाग आसपास रहने र मनसुन अझ सक्रिय हुने सम्भावना भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । शुक्रबारदेखि आइतबारसम्म भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्न सक्ने महाशाखाले जानकारी गराएको छ ।
दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी गर्न सर्वसाधारण तथा सबै सरोकारवाला निकायलाई महाशाखाले अपिल गरेको छ ।
Comments
अरु समाचार
-
चितवनको राप्ती नगरपालिकाका मेयर लामा सवार गाडीमाथि आक्रमण
चितवन । चितवनको राप्ती नगरपालिकाका मेयर शमशेर लामा सवार गाडीमाथि आक्रमण भएको छ । आइतवार राति अन्दाजी सवा ९ बजे...
-
प्रतिनिधिसभाको बैठकमा आज समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ। बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ।आजको बैठकमा प्रधानमन्त्री...
-
अमेरिकाका पश्चिमी राज्यहरूमा अत्यधिक गर्मी, जनजीवन प्रभावित
अलास्का । अमेरिकाका पश्चिमी राज्यहरूमा अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित भएको छ। केही दिन अघिदेखि अलास्का, क्यालिफोर्निया, कोलोराडो, वाशिङ्टन लगायतका...
-
आजको राशिफलः २०८१ असार २४ गते सोमवार
मेष: तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। व्यावहारिक समस्याले सताए पनि सामाजिक कार्यले हौसला...
-
भारतले जिम्बाबेलाई १०० रनले हरायो,अभिषेकले बनाए शतक
काठमाडौं । भारतले जिम्बाबेविरुद्धको दोस्रो टी–२० खेलमा जित हासिल गरेको छ । आइतबार सम्पन्न खेलमा भारतले जिम्बाबेलाई १०० रनले पराजित...
-
राष्ट्रपति पौडेलद्वारा जगन्नाथ रथयात्रा शुभारम्भ
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घ (इस्कोन) द्वारा आयोजित जगन्नाथ रथयात्रा महोत्सवको शुभारम्भ गरेका छन्। राष्ट्रपति...
-
प्रचण्डले सत्ता लम्याउने षडयन्त्र गर्दै एमाले र कांग्रेसलाई घुमाएकाले हामी मिल्नु पर्योः योगेश भट्टराई
काठमाडौं । नेकपा (एमाले) का सचिव एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले कांग्रेस–एमालेका नेताहरूबिच नयाँ सत्ता समीकरणको विषयमा सहमति भइसकेकाले...
-
प्रधानमन्त्रीले राजीनामा नदिनु संविधान विपरीत, तत्काल नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्न एमालेको माग
काठमाडौं । नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई तत्काल पदबाट राजीनामा गर्न माग गरेको छ । आइतबार संघीय संसद् भवनमा...
-
सप्तकोशीमा बहाव उच्चः कोशी ब्यारेजका ५६ वटै ढोका खोलियो,तटीय क्षेत्रमा सतर्क रहन आग्रह
काठमाडौं । दुई दिनदेखिको अविरल वर्षाको कारण सप्तकोशी नदीमा पानीको बहाव अत्यधिक भएपछि कोशी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएको...