ताजा समाचार

प्रतिनिधिसभाको बैठकमा आज समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची

काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ। बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ।आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन २०७९–८०’ पेस गर्ने कार्यसूची रहेको छ ।

यस्तै,शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रियसभामा उत्पत्ति भएको ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक,२०८० माथि विचार गरियोस्’भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।

यसैगरी,प्रधानमन्त्री दाहालले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि सदनमा पुनर्विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org