मोरङ र सुनसरीमा भारी वर्षा, सतर्क रहन अनुरोध
काठमाडौं । मोरङ र सुनसरीमा भारी वर्षा भएको छ । गएरातिदेखि सुनसरीको चतरा, धरान, इटहरी र मोरङका केराबारी, लेटाङ, सुन्दरहरैचा, बेलबारी आसपासमा भारी वर्षा भएको हो ।
भारी वर्षाका कारण साना खोलामा आकस्मिक बाढी आउन सक्ने हुँदा सचेत रहन जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले अझ धेरै पानीपर्ने सम्भावना रहेको जनाएको छ । सुनसरीको सेउती, सर्दु, सुनसरी खोला र मोरङको बूढीखोला, केसलिया, लोहन्द्रा, चिसाङलगायत खोलामा आकस्मिक बाढी आउनसक्ने विभागले जनाएको छ ।
वर्षाका कारण इटहरी सडक जलमग्न भएको छ। कोशी राजमार्ग अन्तर्गत इटहरी–विराटनगर सडक खण्डको इटहरीस्थित रिलायन्स उद्योग अघिको सडक जलमग्न भएको हो । सडक जलमग्न भएपछि सवारी साधान संचालनमा सकस भएको छ । दुईपाङ्ग्रे सवारी साधान मोटर साइकल, स्कुटी लगायतका सवारी साधान चलाउन समस्य भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ।
Comments
अरु समाचार
-
इरानमाथि इजरायलको आक्रमणपछि रूसको चेतावनी
मस्काे । जरायलले इरानमा सैन्य लक्ष्यमा बमबारी गरेपछि इरान र इजरायलबीचको शत्रुतामा ‘खतरनाक वृद्धि’ भएको र यसले स्थिति नियन्त्रण बाहिर...
-
शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा भेटियो दुर्लभ जङ्गली याक
काठमाडौँ, : शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा दुर्लभ जङ्गली याक फेला परेको छ । सो क्षेत्रमा गरिएको अध्ययनका क्रममा निकुञ्जमा भाले जङ्गली...
-
सरकारको सय दिन :‘नीतिगत सुधार र श्रम कूटनीति विस्तारमा श्रम मन्त्रालयको फड्को’
काठमाडौँ,: श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नीतिगत र कानुनी सुधार, आन्तरिक रोजगारी प्रवद्र्धन, वैदेशिक रोजगार व्यवस्थापन तथा सुशासन प्रवद्र्धन...
-
धादिङमा भ्यान दुर्घटना हुँदा ११ जना घाइते
काठमाडौं । काठमाडौंबाट चितवनको जाँदै गरेको माइक्रो भ्यान धादिङको थाक्रेमा दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । बागमती प्रदेश...
-
पूर्वी लेबनानमा इजरायली आक्रमण जारी
काठमाडौं । पूर्वी लेबनानमा भएको इजरायली आक्रमणमा तीन जना पत्रकारको मृत्यु हुनुका साथै बेरुतको दक्षिणी उपनगरका भवनहरूमा भौतिक क्षति भएको...
-
भृकुटीमण्डपमा तिहार ‘फ्लोरा एक्स्पो’ सुरु
काठमाडौं । ‘तिहारको महोत्सव, फूलको उत्सव’ नाराका साथ पाँच दिने तिहार फ्लोरा एक्स्पो–२०८१ भृकुटीमण्डपमा सुरु भएको छ । नर्सरी व्यवसायी...
-
अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माण नरोकिने
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माणका क्रममा बजेट निकासा नरोकिने जानकारी दिएका छन्...
-
परम्परागत पेसाः नाङ्लो बेचेर गुजारा गर्दै सदाय समुदाय
लहान (सिरहा): गरिबी र विपन्नताको जाँतोमा पिल्सिएका यहाँका सदाय समुदायमा यतिबेला उल्लास छाएको छ । छठपर्व नजिकिएसँगै बाँसको नाङ्लो बनाउन...
-
जलवायु परिवर्तनको असरबाट नेपाल पीडित छः उपप्रधानमन्त्री पौडेल
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जलवायु परिवर्तनको असरबाट नेपाल पीडित भएको उल्लेख गर्दै त्यसको प्रभाव कम गर्न अन्तर्राष्ट्रिय...