अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माण नरोकिने
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माणका क्रममा बजेट निकासा नरोकिने जानकारी दिएका छन् । रङ्गशालाको आज यहाँ अनुगमनपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले रङ्गशाला निर्माण सम्पन्न गर्न बजेट अभाव नहुने स्पष्ट पारेका छन् ।
उनले भने, “प्रदेश सरकारको ७० प्रतिशत र भरतपुर महानगरपालिकाको ३० प्रतिशत लगानीमा निर्माण सुरु गरिएको रङ्गशाला निर्माण सुरु गरिएको रहेछ । बहुवर्षीय योजनालाई उच्च प्रथामिकतामा राखेर आवश्यक बजेट विनियोजन गरिने छ । हाम्रो चलन के छ, भने बहुवर्षीय योजना बनाउने सुरुवातमा केही बजेट दिने अर्को वर्ष थोरै थोरै बजेट विनियोजन गर्दा काम ढिला हुने गरेको छ । म आइसकेकेपछि त्यस्तो नगरी तीव वर्षमा सिध्याउने हो भने त्यस अनुसार नै बजेट विनियोजन गर्ने योजना बनाएको छु ।” बजेट दिने विधिलाई समेत परिमार्जन गर्ने गरिएको उनले बताए।
पहिलेको तुलनामा काम प्रभावकारी रुपमा भएको उनको भनाइ थियो । नेपालका योजना अधुरो रहने गरेको भन्ने कुरालाई यो योजनाले चिर्ने उनले बताए । अनुगमनका क्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले तीन तहका सरकारको लगानीमा निर्माण थालिएको रङ्गशाला निर्माणका क्रममा बजेटको सूनिश्चितता प्रदेश सरकारले गरेको बताईन् । यो नमूना परियोजनाको रुपमा काम भइरहेको समेत उनको भनाई थियो । कामको वातावरण निर्माण गर्न महानगरपालिकाले केही कसूर बाँकी नराख्ने उनको भनाइ थियो ।
गत असार २३ गते रङ्गशाला निर्माणका लागि सम्झौता भई निर्माणको प्रक्रिया अघि बढेको हो । महानगरपालिकाका डिभिजन इञ्जिनीयर सन्तोष आचार्यका अनुसार रङ्गशाला निर्माणका लागि महानगरपालिका र हिमालयन कालिञ्चोक विविआर जेभिबीच दुईपक्षीय सम्झौता भएको हो । रु ७८ करोड ५० लाख ९१ हजार एक सय ८९ मा निर्माण सम्पन्न गर्ने गरी दुईपक्षीय सम्झौता गरिएको हो । ३० महिनामा निर्माणको काम सम्पन्न गर्ने गरी सम्झौता भएको हो । सम्झौतापछि हाल दुईवटा टावर निर्माणको क्रम जारी रहेको उनले बताए ।
एउटा टावरमा ग्राउण्ड निर्माणको काम भइरहेको छ, भने अर्को टावरमा फाउण्डेसन निर्माणको काम भइरहेको छ । तिहार अघि ढलान भ्याउने गरी काम भएको उनले बताए । रङ्गशाला निरीक्षणमा बागमती प्रदेशसभा सदस्य गीता गुरुङ, भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल लगायतको उपस्थिति रहेको थियो ।
Comments
अरु समाचार
-
इरानमाथि इजरायलको आक्रमणपछि रूसको चेतावनी
मस्काे । जरायलले इरानमा सैन्य लक्ष्यमा बमबारी गरेपछि इरान र इजरायलबीचको शत्रुतामा ‘खतरनाक वृद्धि’ भएको र यसले स्थिति नियन्त्रण बाहिर...
-
शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा भेटियो दुर्लभ जङ्गली याक
काठमाडौँ, : शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा दुर्लभ जङ्गली याक फेला परेको छ । सो क्षेत्रमा गरिएको अध्ययनका क्रममा निकुञ्जमा भाले जङ्गली...
-
सरकारको सय दिन :‘नीतिगत सुधार र श्रम कूटनीति विस्तारमा श्रम मन्त्रालयको फड्को’
काठमाडौँ,: श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नीतिगत र कानुनी सुधार, आन्तरिक रोजगारी प्रवद्र्धन, वैदेशिक रोजगार व्यवस्थापन तथा सुशासन प्रवद्र्धन...
-
आजको राशिफलः २०८१ साल कार्तिक १० गते शनिवार
मेष: समस्या दर्साउँदा प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्न सक्छ। मध्याह्नदेखि स्वास्थ्यमा कमजोरी देखापर्नाले सुनिश्चित काम समेत अन्योलपूर्ण बन्न सक्छ। नयाँ योजना...
-
परम्परागत पेसाः नाङ्लो बेचेर गुजारा गर्दै सदाय समुदाय
लहान (सिरहा): गरिबी र विपन्नताको जाँतोमा पिल्सिएका यहाँका सदाय समुदायमा यतिबेला उल्लास छाएको छ । छठपर्व नजिकिएसँगै बाँसको नाङ्लो बनाउन...
-
रित्तो थाल बोकेर पोखराका सडकमा सहकारी पीडितको सङ्घर्ष जारी
काठमाडौं । दुःखजिलो गरी आर्जेको रकम सहकारीमा डुबेपछि बचतकर्ता महिनौँदेखि पीडामा छन् । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थालगायत...
-
आज सत्तारुढ दलको बैठक बस्दै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदारी दलसँग बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री सचिवालयका अनुसार दिउँसो ३ बजे...
-
भारतमा चक्रवाती आँधी, ३०० उडान र ५५० भन्दा बढी रेल सेवा रद्द
काठमाडौं । भारतमा चक्रवाती आँधी ‘दाना’ को असर देखिन थालेको छ । यस अघि बिहीबार पश्चिम बंगाल र ओडिशा राज्यमा...
-
नेपालमा ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई अर्थमन्त्रीको अनुरोध
वासिङ्टन डिसी (अमेरिका): उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सूचना प्रविधिको क्षेत्रमा नेपालमा लगानीका पर्याप्त अवसर रहेका र त्यसको आकर्षक प्रतिफल...