इरानमाथि इजरायलको आक्रमणपछि रूसको चेतावनी
मस्काे । इजरायलले इरानमा सैन्य लक्ष्यमा बमबारी गरेपछि इरान र इजरायलबीचको शत्रुतामा ‘खतरनाक वृद्धि’ भएको र यसले स्थिति नियन्त्रण बाहिर जाने खतरा बढेको शनिबार रूसले बताएको छ ।
जवाफी आक्रमणको बदलामा पुनः तनाव बढाउनेतर्फ कदम अघि बढाएमा तेहरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ इजरायलले चेतावनी दिएको छ । संयुक्त राज्य अमेरिका र बेलायत दुवैले इरानलाई द्वन्द्वलाई थप नबढाउन माग गरेका छन्।
रूसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले यस क्षेत्रमा जारी विष्फोटक पदार्थको वृद्धिप्रति आफू चिन्तित रहेको बताउनुभएको छ ।
“हामी सबै पक्षलाई संयमित हुन, हिंसा रोक्न र घटनाहरूलाई विनाशकारी परिदृश्यमा परिणत हुनबाट रोक्न आग्रह गर्दछौं,” उहाँले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
उहाँले भन्नुभएको छ, “इरानलाई प्रतिशोधी कदम चाल्न उक्साउने काम बन्द गर्न र अनियन्त्रित तनावको चक्रव्यूहबाट बाहिर निस्कन आवश्यक छ ।”
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसै साता उदीयमान राष्ट्रहरूको ब्रिक्स समूहको शिखर सम्मेलनमा दुई क्षेत्रीय शक्तिराष्ट्रबीचको तनावले मध्यपूर्वमा पूर्ण युद्ध निम्त्याउने खतरा रहेको बताउनुभएको थियो ।
“इजरायल र इरानबीच द्वन्द्वको स्तर ह्वात्तै बढेको छ। यो सबै श्रृंखलाबद्ध प्रतिक्रियाको सम्झना दिलाउँछ र यसले सम्पूर्ण मध्यपूर्वलाई पूर्ण युद्धको सङ्घारमा पुर्याउँछ,” रूसी राष्ट्रपति पुटिनले आफ्नो सम्बोधनमा भन्नुभएको थियो ।
मस्कोको इरानसँग घनिष्ठ सम्बन्ध छ र यस क्षेत्रमासुरक्षा र आर्थिक हित र व्यापक द्वन्द्वको बारेमा रूसले व्यापक चिन्ता व्यक्त गरेको छ।
Comments
अरु समाचार
-
युवाहरु सडकमा उत्रिन सरकारको अनुमति पर्दैनः ओली
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी ओलीले पार्टीका युवाहरुलाई सडकमा उत्रन निर्देशन दिएका छन् । अध्यक्ष ओलीले...
-
‘उत्साहजकरुपमा हुँदैछ मतदाता नामावली संकलन’
काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै देशभर मतदाता नामावली संकलन कार्य तीव्र गतिमा जारी रहेको छ। निर्वाचन आयोगका प्रवक्ता...
-
बाढीपहिरोको क्षतिबाट तीन अर्ब ७८ बराबरको बीमा दाबी
काठमाडौं । गत असोजमा गएको बाढी पहिरोका कारण पुगेको क्षतिका कारण बीमा कम्पनीहरुमा तीन अर्ब ७८ करोड ४० लाख ९०...
-
भैरहवा भन्सारबाट तीन महिनामा २७ अर्ब ७५ करोड राजस्व संकलन
देवदह (रुपन्देही) । भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा २७ अर्ब ७५ करोड ५३ लाख ७८ हजार...
-
टेलिकम कम्पनीको घट्दो आम्दानीमा चर्को करको मार
काठमाडौं । पछिल्ला सात वर्षमा टेलिकम सेवाप्रदायक कम्पनीको आम्दानी करिब २८ प्रतिशतले घटेको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार दुई...
-
असोज महिनामा देशभर एक सय ८५ आगलागीका घटना
काठमाडाैं । गएको असोज महिनामा देशभर एक सय ८५ वटा आगलागीका घटना भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क...
-
पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायमै, केही क्षेत्रमा वर्षा र हिमपात
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको पश्चिमी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। आज दिउँसो कोशी, गण्डकी...
-
लिग-२ : नेपालको लगातार चौंथो हार, अन्तिम खेलमा युएईले ४ विकेटले हरायाे
काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत युएई र अमेरिकाविरूद्धको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल जितबिहीन बनेको छ। बुधबार दुबईमा भएको अन्तिम...
-
दशौँ राष्ट्रिय खेलकुद फागुन १ देखि ७ सम्म गर्ने निर्णय
काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद यसै वर्ष फागुनमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपको बुधबार बसेको १२३औं बोर्ड...












