राष्ट्रिय खेलकुद परिषद्को सदस्यमा रामचन्द्र श्रेष्ठ नियुक्त
काठमाडौं । नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य रामचन्द्र श्रेष्ठ गत असार १४ गते राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यमा मनोनयन भएका छन्। युवा तथा खेलकुद मन्त्रालय मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गरि कुशल खेल व्यवस्थापक तथा राष्ट्रिय तेक्वान्दो खेलाडी श्रेष्ठ र पोखराका मधुसुदन सुवेदीलाई मनोनयन गरेका हुन्।
युवा तथा खेलकुद मन्त्री श्रेष्ठले राखेपको सदस्यमा यी दुई जना खेलाडीलाई दक्षिण कोरियाको भ्रमणमा जानुअघि मनोनित गरेका थिए, तर यसको जानकारी भने ढिला गरी सार्वजनिक भएको छ ।
मन्त्री श्रेष्ठले पारा खेलकुदको कोटामा पारालम्पिक कमिटीका रामचन्द्र श्रेष्ठ र विश्वविद्यालय कोटामा पोखराका मधुसुदन सुवेदीलाई मनोनित गरेका छन् । उनीहरु दुवै जनालाई गत असार १४ गते मनोनित गरिएको हो । श्रेष्ठ राष्ट्रिय पारालम्कि कमिटी नेपालका केन्द्रीय सदस्य समेत रहेका छन् । यसैगरी गण्डकी विश्वविद्यालयका सुवेदी विश्वविद्यालय कोटामा सदस्य मनोनित भएका हुन् । उनी विश्वविद्यलायको स्नातक तह खेलकुद व्यवस्थापन संकायको संयोजक रहेका छन् । श्रेष्ठ खेलको कुशल व्यवस्थापक मानिन्छन्। मनोनित श्रेष्ठ नेपाल ड्राइभिङ स्कुल संघ नेपालका निवर्तमान केन्द्रीय अध्यक्ष पनि हुन् ।
राखेपले तेक्वान्दोको अन्तरास्ट्रिय खेलकुदमा सहभागी हुँदा श्रेष्ठलाई व्यवस्थापन र कविराज नेगीलाई प्रमुख प्रशिक्षकमा पठाउने गर्दै आएको छ। उनको कार्यकालमा नेपाल तेक्वान्दो संघले उल्लेखनीय प्रगति गरेको छ। श्रेष्ठ नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य एवं श्री डेडिथुम्का माध्यमिक विध्यालय मण्डन देउपुर- ९ काभ्रेपलान्चोकको व्यवस्थापन समितिको पनि अध्यक्ष रहेका छन् । नेपाल तेक्वान्दो संघ बागमती प्रदेशको कार्यालयमा नव नियुक्त राष्ट्रिय खेलकुद परिषदका सदस्य श्रेष्ठलाई खादा लगाई स्वागत गरेको थियो।
राखेपले १९ ओैं एशियाली खेलकुद र चौथो एशियाली पारा खेलकुदमा पदक जित्ने खेलाडी,प्रशिक्षक र व्यवस्थापक लगायतलाई पुरस्कृत गरि प्रोत्साहित गर्न युवा तथा खेलकुद मन्त्रालयमार्फत पेश गरेको प्रस्तावलाई मन्त्रिपरिषद्ले अनुमोदन गरेको थियो। १९औं एसियाली खेलकुद र चौथो एसियाली पारा खेलकुदका पदक विजेता खेलाडीहरूलाई गत असार २ गते मन्त्रालयले नगद रकम र प्रमाणपत्र सहित पुरस्कार दिएको थियो।
चौथो एसियाली पारा खेलकुदमा कांस्य पदक जितेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्द्वनले १३ लाख रुपैयाँ पाएकी थिइन् । प्रमुख प्रशिक्षक कविराज नेगी लामाले दुई लाख ६० हजार र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठले एक लाख ३० हजार पुरस्कार रकम पाएका थिए । सरकारले खलाडीहरूलाई प्रोत्साहन गर्न गत बैशाख २८ गतेको मन्त्रिपरिषद्को बैठकद्वारा २ करोड ९७ लाख १० हजार नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो ।
Comments
अरु समाचार
-
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत सिफारिस
काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत सिफारिस भएका छन् । आज बसेको संवैधानिक परिषद्को बैठकले वरिष्ठताका आधारमा उनलाई...
-
विश्वकप लिग–२ मा नेपालले आज घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दै
काठमाडौं । आईसिसि विश्वकप लिग–२ मा नेपालले आज घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दै छ । लिग–२ अन्तरगतको पहिलो खेल आज...
-
राष्ट्रिय नाटक महोत्सव’मा छवटा नाटक मञ्चन गरिँदै
काठमाडौं । वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित राष्ट्रिय नाटक महोत्सवमा छ नाटक मञ्चन गरिने छ । हरिप्रसाद...
-
प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सोमबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दैछन्। संघीय संसद् भवनमा दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री...
-
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्वारा आठ स्थानीय पाठ्यक्रम लागू
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आठ वटा स्थानीय पाठ्यक्रम तयार पारेर लागू गरेको छ । नगरपालिकाले विसं २०७८...
-
स्वास्थ्यकर्मीको समायोजनसम्बन्धी प्रक्रिया अघि बढाउन अनुमति
काठमाडौँ, ३१ भदौ । स्वास्थ्यकर्मीको व्यवस्थापनका लागि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको आठ बुँदे प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ ।...
-
विदेशी मुद्राको विनिमय दर : आज अमेरिकी डलरको मूल्य बढेन
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको...
-
काठमाडौंका खोलाहरुमा राति आएको बाढी कम, आज पनि केही ठाउँमा वर्षा हुने
काठमाडौं । काठमाडौंका विभिन्न ठाउँमा गएराति ठूलो पानी परेपछि बाग्मती, विष्णुमती र धोबीखोलामा बाढी आएको छ । दायाँबायाँका सडकसम्मै पुगेको...
-
आजको राशिफल: २०८१ साल भदौ ३१ गते सोमवार
मेषः कामको राम्रै मूल्यांकन हुनेछ। कामको प्रतिफल हातलागी हुनेछ। मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। आय...