पहिरोले कर्णाली राजमार्ग अवरुद्ध
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध हुँदा सवारीसाधन सञ्चालन अवरोध भएको छ । आइतबार राति परेको अविरल वर्षाले कर्णाली राजमार्गको टाकुल्ला, बिर्तामोड, हुल्म र गगनेखोलामा पहिरो गएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी अर्जुन केसीले जानकारी दिएका छन्।
पहिरो गएको थाहा पाउने वित्तिकै पहिरो पन्छाउनको लागि डोजर, स्काभेटरहरू परिचालन गरिसकिएको छ, डिएसपी केसीले भने,‘पानी परेन भने राजमार्ग दुईचार घण्टामै खुल्न सक्छ। पानी परेर पहिरो थपियो भने नखुल्न पनि सक्छ। राजमार्गका विभिन्न खण्डमा पहिरो गएकोले यात्रा गर्दा सडकको बारेमा बुझेर मात्र यात्रा गर्न जिल्ला प्रहरी कार्यालय कालिकोटले सूचित गरेको छ।
सुर्खेत नेपालगन्जदेखि कालिकोट, जुम्ला र मुगु आउने र जुम्ला, कालिकोटदेखि सुर्खेत र नेपालगन्ज जाने सवारीसाधन बिहानैदेखि रोकिएका छन्। लेदोसहितको पहिरो झरेकोले पन्छाउन कठिन भइरहेको छ। सडक डिभिजन कार्यालय जुम्लाका अनुसार कालिकोट खण्डको गगनेखोला, एसमोड, बिर्तामोड, झाम्ला मोड, मोल्फालगायतका स्थानमा लेदोसहित ठूल्ठूला ढुङ्गाहरू झरेर सडक अवरुद्ध भएको हो।
सडक खुलाउन डिभिजन सडक कार्यालयमा भएका सबै उपकरण र मानवीय शक्ति खटिएका छन्। यसअघि पनि सडकमा पहिरो खस्दा झण्डै चार दिन सवारीसाधन रोकिएका थिए। तत्काल सडक खुलाएर सवारी आवागमन सञ्चालनमा ल्याउन यात्रुहरूले माग गरेका छन्। साँघुरो सडकमा पहिरो आएर झनै साँघुरो हुने भएकोले जोखिम पनि निकै बढेको यात्रुहरूले बताएका छन्।
Comments
अरु समाचार
-
हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त...
-
विशेष परिस्थिति सिर्जना भएपछि उम्मेदवारी फिर्ताः राजेन्द्र गाैतम
काठमाडाैं । एमालेको ११ औं महाधिवेशनमा उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका राजेन्द्र गाैतमले उम्मेदवारी फिर्ता लिएका छन् । विशेष आग्रहपछि...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एसिया कप : बंगलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल
काठमाडौं । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपालले बंगलादेशविरुद्ध सुरुमा ब्याटिङ गर्दैछ। टस जितेर बंगलादेशले फिल्ड रोजेपछि...
-
एमाले महाधिवेशन : ओली र पोखरेलका उम्मेदवार, कुन पदमा को–को भिड्दै छन् ?
काठमाडौं । नेकपा एमालेमा ११ औं महाधिवेशनमा भिड्ने दुवैतर्फका पदाधिकारीहरूको टुंगो लागेको छ । पदाधिकारीमा अध्यक्ष केपी ओलीको संस्थापनले १९...
-
एमाले महाधिवेशन : चुनावी प्रक्रिया सुरु !
काठमाडौं । काठमाडौंमा जारी नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनको चुनावी प्रक्रिया सुरु भएको छ । सल्लाघारीमा उद्घाटन भएको महाधिवेशनको भृकुटीमण्डपमा...












