ताजा समाचार

राष्ट्र बैंकले २०८३ सालको साउनदेखि डिजिटल मुद्रा प्रयोगमा ल्याउने

काठमाडौं । राष्ट्र बैंकले २०८३ सालको साउनदेखि थोक कारोबारको लागि डिजिटल मुद्रा प्रयोगमा ल्याउने भएको छ। राष्ट्र बैंकको चौथो रणनीतिक योजनाअन्तर्गत नमूना परीक्षणको रूपमा यसको सुरूआत गर्ने भएको हो। जसअनुसार सो वर्षको असोजरकात्तिकतिर अन्तरदेशीय कारोबारको लागि पनि डिजिटल मुद्राको प्रयोग गरिने र २०८४ साउनदेखि खुद्रा कारोबारको लागि पनि यसको परीक्षण गर्ने कार्यतालिका छ।

यही क्रममा बैंकको प्रयोजनको लागि राष्ट्र बैंकले एक अध्ययन समेत गरेको छ। विभिन्न मुलुकमा यस्तो डिजिटल मुद्रा प्रवाहका संरचना, प्रयोगमा रहेका भिन्न शैलीको कारण नेपालले एउटै तरिका अनुशरण गर्नुपर्ने अवस्था नरहेको र भविष्यमा हुने विकासक्रम अनुसार नै नेपालले डिजिटल मुद्रामा जान सकिने उल्लेख गरेको छ।

राष्ट्र बैंकले डिजिटल मुद्रा प्रयोगमा ल्याउनुअघि नीति निर्माता, सरकारी निकाय, नियामक, बैंक तथा वित्तीय संस्था लगायतका विविध पक्षसँग सहकार्य गर्न आवश्यक रहेको अध्ययनले उल्लेख गरेको छ। यही साउनदेखि नै यस्ता सरोकार निकायहरूसँग छलफल लगायतलाई अगाडि बढाउने योजना राष्ट्र बैंकको छ।

राष्ट्र बैंकले गरेको अध्ययनअनुसार दक्षिण एसियाली मुलुकहरू भारत र भुटानमा नमूना परीक्षण भइरहेको उल्लेख छ। त्यस्तै, पाकिस्तान र श्रीलंकामा खुद्रा कारोबार सम्बन्धमा अनुसन्धान भइरहेको छ।

हाल विश्वका एक सय ३२ वटा राष्ट्रहरू डिजिटल मुद्रा सम्बन्धी कुनै न कुनै गतिविधिमा संलग्न छन्। विभिन्न क्रिप्टोकरेन्सी लगायतका ब्लक चेनमा आधारित मुद्राहरूको विकल्पमा केन्द्रीय बैंकहरूले नियमनको दायरामा रहने डिजिटल मुद्रा अर्थात् सेन्ट्रल बैंक डिजिटल करेन्सी ९सिडिबीसी० जारी गर्ने तयारी गरिरहेका छन्। विश्वका ९३ प्रतिशत केन्द्रीय बैंकहरूले यस सम्बन्धी कार्य अगाडि बढाएका छन्।

सामान्यतया मुद्राको उत्पादन राष्ट्र बैंकबाट हुने भए पनि बैंकहरू यसका मध्यस्थतकर्ता हुनेछन्। बैंकिङ प्रणालीमार्फत् नै राष्ट्र बैंकले यस्ता मुद्रा पठाउने र खिच्ने गर्छ। तर, अहिले डिजिटल मुद्राको प्रयोगमा संरचनाका आधारमा तीन खालका अभ्यास रहेको पाइन्छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org