बाइडन तेस्रो पटक कोरोना सङ्क्रमित
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडन कोरोना सङ्क्रमित भएका छन्। राष्ट्रपति निर्वाचनबाट पछि हट्न दबाब परिरहेका बेला उनी कोरोना सङ्क्रमित हुँदा दबाब थप बढ्ने आँकलन गरिँदैछ।
ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारीन जीन पियरेका अनुसार अमेरिकी राष्ट्रपति बाइडनलाई कोरोनाविरुद्धको बुस्टर खोप लागेको अवस्थामा कोरोना सङ्क्रमण भएको हो । ८१ वर्षीय बाइडन यसअघि पनि दुईपटक कोरोना सङ्क्रमित भइसकेका छन्।
अमेरिकी राष्ट्रपति बाइडनले आफू कोरोना सङ्क्रमित भएको जानकारी एक्समार्फत् दिएका छन्। कोरोना सङ्क्रमित भएपछि उनले राष्ट्रपति निर्वाचन केन्द्रीत आफ्ना चुनावी सभा स्थगित गरेका छन्। पछिल्लो समय राष्ट्रपति बाइडनमाथि राष्ट्रपति निर्वाचनको उम्मेदवारीबाट पछि हट्न डेमोक्रेट पार्टीकै तर्फबाट दबाब बढ्न थालेको छ।
पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको प्रत्यक्ष बहसको क्रममा बाइनडको प्रस्तुति निकै कमजोर भएपछि उनलाई राष्ट्रपति निर्वाचनबाट पछि हट्न दबाब बढ्दै गएको हो।
Comments
अरु समाचार
-
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत सिफारिस
काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत सिफारिस भएका छन् । आज बसेको संवैधानिक परिषद्को बैठकले वरिष्ठताका आधारमा उनलाई...
-
विश्वकप लिग–२ मा नेपालले आज घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दै
काठमाडौं । आईसिसि विश्वकप लिग–२ मा नेपालले आज घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दै छ । लिग–२ अन्तरगतको पहिलो खेल आज...
-
राष्ट्रिय नाटक महोत्सव’मा छवटा नाटक मञ्चन गरिँदै
काठमाडौं । वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित राष्ट्रिय नाटक महोत्सवमा छ नाटक मञ्चन गरिने छ । हरिप्रसाद...
-
प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सोमबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दैछन्। संघीय संसद् भवनमा दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री...
-
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्वारा आठ स्थानीय पाठ्यक्रम लागू
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आठ वटा स्थानीय पाठ्यक्रम तयार पारेर लागू गरेको छ । नगरपालिकाले विसं २०७८...
-
स्वास्थ्यकर्मीको समायोजनसम्बन्धी प्रक्रिया अघि बढाउन अनुमति
काठमाडौँ, ३१ भदौ । स्वास्थ्यकर्मीको व्यवस्थापनका लागि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको आठ बुँदे प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ ।...
-
विदेशी मुद्राको विनिमय दर : आज अमेरिकी डलरको मूल्य बढेन
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको...
-
काठमाडौंका खोलाहरुमा राति आएको बाढी कम, आज पनि केही ठाउँमा वर्षा हुने
काठमाडौं । काठमाडौंका विभिन्न ठाउँमा गएराति ठूलो पानी परेपछि बाग्मती, विष्णुमती र धोबीखोलामा बाढी आएको छ । दायाँबायाँका सडकसम्मै पुगेको...
-
आजको राशिफल: २०८१ साल भदौ ३१ गते सोमवार
मेषः कामको राम्रै मूल्यांकन हुनेछ। कामको प्रतिफल हातलागी हुनेछ। मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। आय...