पूर्वपश्चिम रेलमार्गको लागत बढ्यो, काम भने जहाँको त्यहीँ
काठमाडौं । झन्डै पाँच वर्षअघि ९५५ अर्ब रुपैयाँ अनुमान गरिएको पूर्वपश्चिम विद्युतीय रेलमार्गको संशोधित लागत अहिले बढेर १,५०० अर्ब रुपैयाँ पुगे पनि त्यसका लागि भएका काम जहाँको त्यहीँ जस्तो रहेको जानकारहरूले बताएका छन्।
पूर्वमा झापाको काँकडभिट्टादेखि पश्चिममा कञ्चनपुरको गड्डाचौकीसम्मको पुग्ने ९२५ किलोमिटर लामो रेलमार्गका लागि बहुवर्षीय योजना बनाएर बर्सेनि अर्बौँ रुपैयाँ खर्च गर्नुपर्ने बताइन्छ। तर आर्थिक वर्ष २०८१र८२ का लागि सरकारले पूर्वपश्चिम रेलमार्ग समेत समेटिने गरी कुल ३ अर्ब ८८ करोड रुपैयाँ छुट्याएको छ
‘रेल पूर्वाधार बनाउनु भनेको पैसा नै भएको अवस्थामा समेत समय लाग्ने काम हो, तर पैसा नै नभईकन कसरी काम सुरु गर्ने ? रेल विभागका प्रवक्ता कमलकुमार शाहले भने।
‘गत आर्थिक वर्षदेखि बर्दिबास(निजगढ (चोचा) खण्डमै केही काम भइरहेको छ, अरूतिर कतै केही पनि भएको छैन। त्यहाँ लिक बिछ्याउनुअगाडिको ट्र्याक खोल्ने र बेस बनाउने काम भइरहेको छ। केही पुल निर्माणका पनि काम भएको छ।’ बर्दिबास-निजगढ (चोचा) खण्ड करिब ७० किलोमिटर लामो छ।
रेल विभागमा समेत काम गरिसकेका विज्ञ प्रकाश उपाध्यायले पूर्वपश्चिम रेलमार्ग निर्माणका लागि साँच्चैको इच्छाशक्ति हुँदा एक दशकमा त्यो परियोजना पूरा हुन सक्ने बताउँछन्। ‘तर मैले त्यसो भन्न थालेको सातआठ वर्ष बित्न लागिसक्यो। तर प्रगति जहाँको त्यहीँ छ’, उनी भन्छन्।
पूर्वपश्चिम विद्युतीय रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारी अवस्थामा रहे तापनि चितवनमा अझै केही समस्या देखिन्छ।त्यहाँ यसअघि चितवन राष्ट्रिय निकुञ्जभित्रबाट रेलवे लैजाने योजना बनाइए पनि अहिले निकुञ्जको बाहिरी भागबाट लैजाने गरी डीपीआर संशोधन गरिएको थियो।
यद्यपि बस्ती भएको ठाउँबाट रेलमार्ग विस्तार गर्न नदिने भन्दै त्यहाँका मानिसहरू रेलमार्ग पीडित सङ्घर्ष समिति नै बनाएर विरोध गरिरहेका छन्। रेल विभागका प्रवक्ता शाह भन्छन्,’अन्य विभिन्न ठाउँमा मुआब्जाको विषय समेत टुङ्गिन सकेको छैन। कतै त्यसलाई लिएर मुद्दा परेको छ। चितवन हुँदै रेलमार्ग अगाडि बढ्न नदिने भनेर त्यहाँ थप अनिश्चितता बनेको छ।’ समाचार श्रोत: बीबीसी
Comments
अरु समाचार
-
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत सिफारिस
काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत सिफारिस भएका छन् । आज बसेको संवैधानिक परिषद्को बैठकले वरिष्ठताका आधारमा उनलाई...
-
विश्वकप लिग–२ मा नेपालले आज घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दै
काठमाडौं । आईसिसि विश्वकप लिग–२ मा नेपालले आज घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दै छ । लिग–२ अन्तरगतको पहिलो खेल आज...
-
राष्ट्रिय नाटक महोत्सव’मा छवटा नाटक मञ्चन गरिँदै
काठमाडौं । वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित राष्ट्रिय नाटक महोत्सवमा छ नाटक मञ्चन गरिने छ । हरिप्रसाद...
-
प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सोमबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दैछन्। संघीय संसद् भवनमा दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री...
-
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्वारा आठ स्थानीय पाठ्यक्रम लागू
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आठ वटा स्थानीय पाठ्यक्रम तयार पारेर लागू गरेको छ । नगरपालिकाले विसं २०७८...
-
स्वास्थ्यकर्मीको समायोजनसम्बन्धी प्रक्रिया अघि बढाउन अनुमति
काठमाडौँ, ३१ भदौ । स्वास्थ्यकर्मीको व्यवस्थापनका लागि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको आठ बुँदे प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ ।...
-
विदेशी मुद्राको विनिमय दर : आज अमेरिकी डलरको मूल्य बढेन
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको...
-
काठमाडौंका खोलाहरुमा राति आएको बाढी कम, आज पनि केही ठाउँमा वर्षा हुने
काठमाडौं । काठमाडौंका विभिन्न ठाउँमा गएराति ठूलो पानी परेपछि बाग्मती, विष्णुमती र धोबीखोलामा बाढी आएको छ । दायाँबायाँका सडकसम्मै पुगेको...
-
आजको राशिफल: २०८१ साल भदौ ३१ गते सोमवार
मेषः कामको राम्रै मूल्यांकन हुनेछ। कामको प्रतिफल हातलागी हुनेछ। मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। आय...