राष्ट्रपति पौडेलले गरे पेरिस ओलम्पिकमा भाग लिने खेलाडीलाई बिदाइ
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ३३ औँ गृष्मकालीन पेरिस ओलम्पिकमा सहभागी हुन जान लागेका नेपाली खेलाडीहरूलाई सफलताको शुभकामना दिएका छन्। राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले खेलाडीहरूलाई शुभकामनासहित बिदाइ गरेका हुन् ।
सो अवसरमा राष्ट्रपति पौडेलले खेल राष्ट्रलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने सबैभन्दा उपयुक्त माध्यम भएको बताउँदै उच्च मनोबलका साथ प्रतिस्पर्धा गर्न आग्रह गरे। उनले गृष्मकालीन पेरिस ओलम्पिकमा सहभागी खेलाडीहरूले देशको प्रतिष्ठा उँचो बनाउने विश्वास व्यक्त गरे । उनले दृढ सङ्कल्प र अठोटका साथ ओलम्पिकमा सहभागी हुन खेलाडीहरूलाई सुझाव दिए।
सोही कार्यक्रममा राष्ट्रपति पौडेलले पेरिस ओलम्पिकको ‘सेभ द मिसन’ रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङलाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गरेका थिए ।
खेलाडी बिदाइ कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठसहित ३३ औँ गृष्मकालीन पेरिस ओलम्पिकमा नेपालबाट प्रतियोगितामा सहभागी हुने खेलाडी, प्रशिक्षक र अफिसियलहरूको सहभागिता रहेको थियो ।
Comments
अरु समाचार
-
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत सिफारिस
काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत सिफारिस भएका छन् । आज बसेको संवैधानिक परिषद्को बैठकले वरिष्ठताका आधारमा उनलाई...
-
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी...
-
महासभामा नेपालको शिर ढल्ने वा प्रतिष्ठा तल पर्ने गरी कुनै काम नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा आफूले नेपालको शिर ढल्ने वा प्रतिष्ठा तल...
-
विश्वकप लिग–२ मा नेपालले आज घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दै
काठमाडौं । आईसिसि विश्वकप लिग–२ मा नेपालले आज घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दै छ । लिग–२ अन्तरगतको पहिलो खेल आज...
-
राष्ट्रिय नाटक महोत्सव’मा छवटा नाटक मञ्चन गरिँदै
काठमाडौं । वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित राष्ट्रिय नाटक महोत्सवमा छ नाटक मञ्चन गरिने छ । हरिप्रसाद...
-
प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सोमबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दैछन्। संघीय संसद् भवनमा दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री...
-
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्वारा आठ स्थानीय पाठ्यक्रम लागू
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आठ वटा स्थानीय पाठ्यक्रम तयार पारेर लागू गरेको छ । नगरपालिकाले विसं २०७८...
-
स्वास्थ्यकर्मीको समायोजनसम्बन्धी प्रक्रिया अघि बढाउन अनुमति
काठमाडौँ, ३१ भदौ । स्वास्थ्यकर्मीको व्यवस्थापनका लागि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको आठ बुँदे प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ ।...
-
विदेशी मुद्राको विनिमय दर : आज अमेरिकी डलरको मूल्य बढेन
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको...