बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका बहादुरसिं लामाको दाबी पेश
काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता बहादुरसिं लामाले दाबी पेश गरेका छन्।
उनले नेकपा एमाले र कांग्रेसका ६४ जना सांसदको समर्थनमा मुख्यमन्त्रीका लागि मंगलबार दाबी पेश गरेका हुन् । ११० सदस्यीय प्रदेश सभामा कांग्रेसका ३७ र एमालेका २७ सांसद छन् । माओवादीबाट निर्वाचित मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले साउन आइतबार २ दिनको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए।
कांग्रेस र एमाले बराबर हैसियतमा बागमती सरकारमा सामेल हुन लागेका हुन्। कांग्रेसले मुख्यमन्त्रीसहित ६ र एमालेले बाँकी मन्त्रालय लिने सहमति भइसकेको छ । बागमती प्रदेशमा पहिलोपटक नेपाली कांग्रेसले नेतृत्व गर्दैछ । बहादुरसिं तामाङ समुदायबाट पहिलो पटक मुख्यमन्त्री बन्दैछन् ।
कोशीमा शेरधन राई, हिक्मत कार्की, भीम आचार्य, उद्धव थापा र केदार कार्की मुख्यमन्त्री बनेका छन् । मधेशमा लालबावु राउन, सरोजकुमार यादव र सतिसकुमार सिंह मुख्यमन्त्री बन्दा बागमतीमा डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे र शालीकराम जम्कट्टेल मुख्यमन्त्री बनेका छन् ।
गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, कृष्णचन्द्र पोखरेल, खगराज अधिकारी र सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बन्दा लुम्बिनीमा शंकर पोखरेल, कुलबहादुर केसी, डिल्लीराज चौधरी र जोखबहादुर महरा मुख्यमन्त्री बनेका छन् । सोमबार मात्रै लुम्बिनीमा चेतनारायण आचार्य मुख्यमन्त्री नियुक्त भएका थिए ।
कर्णालीमा महेन्द्रबहादुर शाही, जीवनबहादुर शाही, राजकुमार शर्मा र यामलाल कँडेल मुख्यमन्त्री भएका छन् । सुदूरपश्चिममा त्रिलोचन भट्ट, कमलबहादुर शाह र दीर्घ सोडारी मुख्यमन्त्री भएका छन् । यस्तोमा पहिलो पटक तामाङ समुदायबाट लामा मुख्यमन्त्री हुँदैछन्।
सहमतिअनुसार बागमतीमा पहिलो चरणमा कांग्रेस संसदीय दलका नेता लामा मुख्यमन्त्री बन्नेछन् । त्यसपछि एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया मुख्यमन्त्री हुनेछन् । सहमतिअनुसार आर्थिक मामिला मन्त्रालय कांग्रेसले राख्दा भौतिक पूर्वाधार मन्त्रालय एमालेको भागमा परेको छ ।
Comments
अरु समाचार
-
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत सिफारिस
काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत सिफारिस भएका छन् । आज बसेको संवैधानिक परिषद्को बैठकले वरिष्ठताका आधारमा उनलाई...
-
विश्वकप लिग–२ मा नेपालले आज घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दै
काठमाडौं । आईसिसि विश्वकप लिग–२ मा नेपालले आज घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दै छ । लिग–२ अन्तरगतको पहिलो खेल आज...
-
राष्ट्रिय नाटक महोत्सव’मा छवटा नाटक मञ्चन गरिँदै
काठमाडौं । वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित राष्ट्रिय नाटक महोत्सवमा छ नाटक मञ्चन गरिने छ । हरिप्रसाद...
-
प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सोमबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दैछन्। संघीय संसद् भवनमा दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री...
-
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्वारा आठ स्थानीय पाठ्यक्रम लागू
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आठ वटा स्थानीय पाठ्यक्रम तयार पारेर लागू गरेको छ । नगरपालिकाले विसं २०७८...
-
स्वास्थ्यकर्मीको समायोजनसम्बन्धी प्रक्रिया अघि बढाउन अनुमति
काठमाडौँ, ३१ भदौ । स्वास्थ्यकर्मीको व्यवस्थापनका लागि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको आठ बुँदे प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ ।...
-
विदेशी मुद्राको विनिमय दर : आज अमेरिकी डलरको मूल्य बढेन
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको...
-
काठमाडौंका खोलाहरुमा राति आएको बाढी कम, आज पनि केही ठाउँमा वर्षा हुने
काठमाडौं । काठमाडौंका विभिन्न ठाउँमा गएराति ठूलो पानी परेपछि बाग्मती, विष्णुमती र धोबीखोलामा बाढी आएको छ । दायाँबायाँका सडकसम्मै पुगेको...
-
आजको राशिफल: २०८१ साल भदौ ३१ गते सोमवार
मेषः कामको राम्रै मूल्यांकन हुनेछ। कामको प्रतिफल हातलागी हुनेछ। मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। आय...