ताजा समाचार

एमालेले बोलायो सचिवालय बैठक, के छन छलफलका एजेण्डा ?

काठमाडाैं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।

एमालेले यहि साउन १७ गते बिहीबारका लागि सचिवालय बैठक बोलाएको छ । एमालेले पार्टीका विभिन्न कामका साथै सरकारबारे समेत छलफल गर्ने बताइएको छ ।

‘पार्टी सचिवालय बैठक बोलाइएको छ । त्यहाँ विभिन्न विषयमा छलफल हुन्छ’, एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गाैतमले भने ।

एमालेले २०८१ को कार्ययोजना लागू गर्दैछ। यसअघि जिल्ला अधिवेशनहरू नसकिएकाले नयाँ कार्ययोजना लागू हुन थाती रहेको थियो।

एमालेको ११ वटा जिल्ला अधिवेशन हुन बाँकी रहेको छ। ती जिल्ला अधिवेशन कात्तिक मसान्तभित्र गरिसक्न एमाले संगठन विभागले परिपत्र गरिसकेको छ। त्यस्तै साउन मसान्तभित्र सदस्यता नवीकरण गरिसक्न पनि निर्देशन दिएको छ।

एमालेले २०८१ भरि संगठन शुद्धीकरण र सुदृढीकरण अभियान सुरू गर्दैछ। त्यस्तै एमालेले पार्टीका जिल्ला इन्चार्जहरू पनि परिवर्तन गर्दैछ। त्यस्तै २२ वटा विभागका प्रमुख, उपप्रमुखहरू पनि परिवर्तन गर्ने तयारी गरेको छ।

यसअघि फरक जिल्ला कार्यक्षेत्र हुने गरी तोकिएको कार्यविभाजन यसपटक परिवर्तन हुने एमालेले जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org