राससका श्रमजीवि पत्रकारको समस्या समाधान गर्न सञ्चारमन्त्री गुरुङलाई ज्ञापनपत्र, समस्या समाधान गर्ने प्रतिवद्धता
काठमाडौं। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय समाचार समिति (रासस)मा श्रमजीवि पत्रकारका समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
उहाँले प्रेस चौतारी नेपालको राससको करार पत्रकारबारेमा ज्ञापन पत्र बुझ्दै उहाँले राससमा करार श्रमजीवि पत्रकारमा देखिएको समस्या समाधान चाँडै नै पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको हो । प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतको नेतृत्वमा गएको टोलीले रासस करार ९विशेष समाचारदाता० का समस्याबारे संचारमन्त्री गुरुङलाई ज्ञापन पत्र बुझाएको थियो ।
करिव २० बर्षदेखि काम गर्दै आएका राससका पत्रकारलाई व्यवस्थापन पक्षले न्यून तलवमा काम लगाउँदै आएको थियो । आफूलाई श्रमजीविका नेता धर्मेन्द्र झा अध्यक्ष र सिद्धराज राई महाप्रवन्धक रहेका राससमा १५ जना श्रमजीवि पत्रकारको सुनुवाई हुन नसक्दा मन्त्रीलाई आफ्नो समस्या समाधान गर्न आग्रह गर्न गएका हुन । झा र राई आउने वित्तिकै ति पत्रकार राससबाट निकालिएको थियो । तर पछि नेपाल पत्रकार महासंघको अगुवाईमा सहमति भएपछि अहिले घरैबाट ति पत्रकारले समचार पठाउँदै आएका छन् ।
भेटघाटमा रासस करार पत्रकार संघषर् समितिका संयोजक रमेश गिरीले आफूहरुले राससमा २० बर्षदेखि काम गरेपनि रासस व्यवस्थापन पक्षले समस्या समाधान नगरेपछि आन्दोलित हुन परेको बताउनु भयो । ‘राससले जस्तै समस्या भएका गोरखापत्र, रेडियो नेपाल र नेपाल टेलिभिजनका श्रमजीवि पत्रकारको व्यवस्थापन गरिएको छ” उहाँले भन्नुभयो, “तर हामी २० बर्षदेखि काम गरिरहेका पत्रकारलाई रासस व्यवस्थापन पक्षले हटाउने काम गरेको छ । हामीलाई व्यवस्थापन गर्ने धेरै ठाउँ भएपनि गरिएन ।’
राससमा नै काम गर्दा गदै उमेरहद नाधेपछि ति श्रमजीवि पत्रकारहरुलाई समस्या भएको हो । तर रासस जस्तै उमेर हद नाधेका गोरखापत्रका पत्रकारलाई भने त्यहाँको व्यवस्थापनले अधिकृत सरह सेवा सुविधा दिएर व्यवस्थापन गरेको छ । रासस व्यवस्थापन पक्षले आफूहरुसग गरिएको सम्झौता पनि कार्यन्वयन नगरेको पत्रकारको गुनासो रहेको छ ।
नेपाल पत्रकार महासंघसंग २०७९ कात्तिक २५ गते गरिएको सहमतिको बुँदा नं.१४ मा श्रमजीवि पत्रकारको सेवा, सुविधा र वृत्ति विकासमा योगदान हुने गरी छुट्टै कोषको स्थापनाका लागि आवश्यक प्रक्रिया अघि बढाउन पहल गरिने छ र कोष स्थापना गरी करार सेवामा लैजाने भनिएको छ । तर अहिलेसम्म पनि रासस व्यवस्थापन पक्षले हाम्रो सेवा, सुविधा र वृद्धि विकासमा कुनै पहल लिएको छैन । एक वर्षमा करारमा लैजाने भनिएको पनि सहमति पालना गरिएको छैन ।
राससका पत्रकारलाई आफूहरुलाई सरकारी संचारमाध्यम गोरखापत्र, रेडियो नेपाल जस्तै हामीलाई करार सेवाम लगेर न्यूनतम अधिकृतस्तर वा सो सरहको सेवा सुविधा उपलब्ध गराउनुपर्ने, सहमतिको बुँदा नं। १४ मा उल्लेख गरिए अनुसार नियुक्त श्रमजीवि पत्रकारको सेवा, सुविधाको स्थायित्वसहित छुट्टै कोष स्थापना गरी करार सेवामा लैजानुपर्ने माग राखेका छन् ।
यस्तै सामाजिक सुरक्षा कोषमा आवद्ध गर्नुपर्ने, रासस विनियमावलीमा हामी करारमा काम गर्ने श्रमजीवि पत्रकारलाई सम्बोधन गर्नुपर्ने,। विशेष समाचारदाताको हकमा पनि दशैँ भत्ता, टेलिफोन, खाजा र सञ्चाल, यातायात खर्च, भइपरि आउने तथा विरामी बिदागायत सेवा सुविधाको व्यवस्था हुनुपर्ने र । आफ्नो उर्जावान समय राससमा व्यथित गरिसकेकोले रासस विनियमावली संशोधन गरेर स्थायी गर्नुपर्ने माग राखेका छन् ।
Comments
अरु समाचार
-
संविधान दिवस २०८१ आज हर्षोल्लासका साथ मनाइँदै
काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल...
-
आजको राशिफलः २०८१ असोज ३ गते बिहीवार
मेष: टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ। अवसरको खोजीमा केही दौडधुप भने गर्नुपर्ला। चुनौती पन्छाउँदै रोकिएका काम सम्पादन गर्न...
-
दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई अदालतले दियो अनुमति
काठमाडौं । बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बुधबार काठमाडौं जिल्ला...
-
आजदेखि सोह्र श्राद्धको विधिवत् आरम्भ गरिँदै
काठमाडौँ, २ असोजः प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ ।...
-
देशका अधिकांश भागमा मौसम सफा रहने
काठमाडौँ, २ असोजः देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको...
-
‘साना तथा मझौला उद्योग प्रवर्द्धनको प्रयासमा उद्योग वाणिज्य महासंघ’
काठमाडौँ, २ असोजः नेपाल उद्योग वाणिज्य महासङ्ले युवा, महिला एवं साना तथा मझौला उद्यमीको प्रवर्द्धनमा विशेष प्रयास गरिरहेको जनाएको छ...
-
आजको राशिफल: २०८१ साल असोज २ गते बुधवार
मेषः चिताएको मूल्य प्राप्त नभए पनि प्रयत्न गर्दा ऋणमोचन हुनेछ। खोजी गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। तर आफ्नो मेहनतबाट...
-
राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रिय भेला सुरु
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय परिषदको राष्ट्रिय भेला आजबाट सुरु भएको छ। दुई दिनसम्म काठमाडौंको प्रज्ञा भवन कमलादीमा चल्ने...
-
संखुवासभा पुगेर फर्किएपछि राउत प्रधानन्यायाधीशमा सिफारिस
काठमाडौं । यही भदौ ३० गते आइतबार जिल्ला अदालत संखुवासभाको नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा सहभागी भएर फर्किएको भोलिपल्टै वरिष्ठम् न्यायाधीश...