एमडीएमएस घोटालाका डिजाइनर मल्ल र सेल्सबेरीका प्रधानाङ्गद्वारा अनुसन्धान गर्ने निकायमाथि ‘मिडिया ट्रायल’
-
(सजिव कालाखेती)
काठमाडौं । दूरसञ्चार क्षेत्रको भीओआईपीदेखि एमडीएमएस घोटालासम्म जोडिएका चर्चित र विवादित पात्र हुन् मनिन्द्र मल्ल। कल बाइपास ‘भीओआईपी’ काण्डमा जोडिएका मल्ल एमडीएमएस घोटालाका डिजाइनर हुन् । नमस्ते ग्लोबलसँग जोडिएका उनी एमडीएमएसको लोकल एजेन्ट हुन् । सबै जाँचोपाँचो मनिन्द्र आफैंले मिलाएपनि भ्रष्टाचार मुद्दाको प्रतिवादी भने उनका भाइ कबिन्द्रराज मल्ल बनेका छन् । किनकि उनी धेरै चलाख भएर कागजी रुपमा आफू देखा परेका छैनन्। मनिन्द्रले एमडीएमएसमा फाइदा आफूले लिएर भाइलाई भ्रष्टाचारमा डुबाइदिएका छन् ।
एमडीएमएसमा घोटाला भएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो। त्यसपछि एमडीएमएस घोटालाका डिजाइनर मनिन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगविरुद्ध लगातार ‘ मिडिया ट्रायल’ गर्दै आएका छन् । उनी लोकल एजेन्ट रहेको एमडीएमएसविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग अनावश्यक बदनाम गर्ने गरी मनिन्द्रको ‘प्लान’मा मिडिया ट्रायल भइरहेको सहजै बुझ्न सकिन्छ।
सेल्सबेरीले पनि यसरी नै राजस्व छली मुद्दामा जोगिन राजस्व अनुसन्धान विभागविरुद्ध मिडिया ट्रायल गरेको थियो। त्यसैको सिको गर्दै मनिन्द्रले अख्तियारविरुद्ध मिडिया ट्रायल मार्फत विष वमन गरेका हुन्।
भीओआईपी प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीको फन्दामा परेका मनिन्द्र दूरसञ्चार क्षेत्रका ठूलै बिचौलिया हुन्। यातायात व्यवस्था विभागले हालै खरिद गरेको स्मार्ट लाइसेन्स कार्डमा पनि उनले मिडिया ट्रायल गरेर भुक्तानी लिइ छाडेका छन्। सम्झौताको सर्त पूरा नहुँदै १२ लाख स्मार्ट कार्ड आपूर्तिकर्ता जर्मन कम्पनी म्युहलबौयर आईडी सर्भिस जिएमबिएचका लोकल एजेण्ट मनिन्द्रले अनावश्यक मिडिया ट्रायल गरेर भुक्तानी लिएरै छाडेका हुन्। सुरुमा जर्मनीको कम्पनी म्युहलबौयर आईडी सर्भिसले आपूर्ति गरेको स्मार्ट कार्ड स्पेसिफिकेसनविपरीत भएको समाचार लेख्ने एक अनलाइनले पछि यातायात व्यवस्था विभागले भुक्तानी दिएन भनेर लगातार समाचार लेखेको थियो। यसमा मनिन्द्रले सेटिङ मिलाएर मिडिया ट्रायल गरेको सहजै अनुमान लगाउन सकिन्छ।
मिडिया ट्रायलमा खप्पिस मनिन्द्र प्रधानमन्त्री केपी शर्मा ओलीसँग फोटो खिचाउन समेत भ्याइसकेका छन् । गंगा दाहालसँग निकट रहेर काम गरेका उनी ओलीको चाकडी समेत गर्न भ्याइसकेको पाइन्छ। ‘समृद्ध नेपाल सुखी नेपाली’ का परिकल्पनाकार ओलीसँग नजिकिएर आफ्नो स्वार्थपुर्ति गर्नका लागि तल्लीन भएर लागेका छन् । प्रधानमन्त्री ओलीसँग नजिकिएर मल्लले काम लिएमा ओलीको छवि नै बदनाम गर्नसक्ने मल्लसँग नजिक केही व्यक्तिहरु बताउँछन् । यस्ता ठग व्यक्तिसँग प्रधानमन्त्री ओली समेत सर्तक रहनु पर्ने देखिन्छ। आफ्नो विषयमा समाचार लेख्ने मिडियालाई नै आफ्नो पक्षमा पारेर मिडिया ट्रायल गराउन खप्पिस मनिन्द्रसँग नजोगिए यिनले बदनाम गराउने पक्का छ ।
प्रचण्ड प्रधानमन्त्री हुँदा विभिन्न सेटिङ मिलाएर ठेक्काहरु पाउनका लागि गंगा दाहालसँग मल्ल नजिकिएका थिए । उनी प्रचण्ड र गंगाका नजिकका पात्र भएको पनि बुझिएको छ ।
उता ‘गुणस्तरीय सामान, उचित मूल्य तथा उत्कृष्ट ग्राहक सेवा’ लाई आफ्नो मूलमन्त्र बनाएको दाबी गर्दै विगत तीस बर्षदेखि चेन डिपार्टमेण्टल स्टोर सञ्चालन गर्दै आएको सेलवेज ग्रुप अन्तगर्तको सेलवेज क्यास एण्ड क्यारी प्रा.लि.(सेल्सबेरी) ले करोडौं रुपैयाँ राजस्व छली गरेको विषयमा उजुरी परि अनुसन्धान भइरहेको छ । आर्थिक वर्ष २०७९/८० मा करिव २ अर्बको कारोबार गरेको सेलवेज क्यास एण्ड क्यारीले आर्थिक वर्ष २०८०/८१ मा भने करिव १ अर्ब ५० करोड मात्र कारोबार गरेको हिसाब देखाएर करिव ५० करोड कारोबारको मुनाफामा राजस्व छलेको पाइएको छ। राजस्व छलीबाट आर्जित रकमबाट कम्पनीका प्रमुख प्रशासकीय अधिकृत सुशिलमान प्रधानाङ्गले महाराजगञ्जमा जग्गा खरिद गरि भव्य आधुनिक भवन निर्माण थालेको पनि बुझिएको छ ।
यो पनि पढ्नुहोस् सेलवेज क्यास एण्ड क्यारीले करोडौं रुपैयाँ राजस्व छली गरेको खुलासा
Comments
अरु समाचार
-
संविधान दिवस २०८१ आज हर्षोल्लासका साथ मनाइँदै
काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल...
-
आजको राशिफलः २०८१ असोज ३ गते बिहीवार
मेष: टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ। अवसरको खोजीमा केही दौडधुप भने गर्नुपर्ला। चुनौती पन्छाउँदै रोकिएका काम सम्पादन गर्न...
-
दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई अदालतले दियो अनुमति
काठमाडौं । बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बुधबार काठमाडौं जिल्ला...
-
आजदेखि सोह्र श्राद्धको विधिवत् आरम्भ गरिँदै
काठमाडौँ, २ असोजः प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ ।...
-
देशका अधिकांश भागमा मौसम सफा रहने
काठमाडौँ, २ असोजः देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको...
-
‘साना तथा मझौला उद्योग प्रवर्द्धनको प्रयासमा उद्योग वाणिज्य महासंघ’
काठमाडौँ, २ असोजः नेपाल उद्योग वाणिज्य महासङ्ले युवा, महिला एवं साना तथा मझौला उद्यमीको प्रवर्द्धनमा विशेष प्रयास गरिरहेको जनाएको छ...
-
आजको राशिफल: २०८१ साल असोज २ गते बुधवार
मेषः चिताएको मूल्य प्राप्त नभए पनि प्रयत्न गर्दा ऋणमोचन हुनेछ। खोजी गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। तर आफ्नो मेहनतबाट...
-
राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रिय भेला सुरु
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय परिषदको राष्ट्रिय भेला आजबाट सुरु भएको छ। दुई दिनसम्म काठमाडौंको प्रज्ञा भवन कमलादीमा चल्ने...
-
संखुवासभा पुगेर फर्किएपछि राउत प्रधानन्यायाधीशमा सिफारिस
काठमाडौं । यही भदौ ३० गते आइतबार जिल्ला अदालत संखुवासभाको नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा सहभागी भएर फर्किएको भोलिपल्टै वरिष्ठम् न्यायाधीश...