सेलवेज क्यास एण्ड क्यारीले करोडौं रुपैयाँ राजस्व छली गरेको खुलासा
काठमाडौं । ‘गुणस्तरीय सामान, उचित मूल्य तथा उत्कृष्ट ग्राहक सेवा’ लाई आफ्नो मूलमन्त्र बनाएको दाबी गर्दै विगत तीस बर्षदेखि चेन डिपार्टमेण्टल स्टोर सञ्चालन गर्दै आएको सेलवेज ग्रुप अन्तगर्तको सेलवेज क्यास एण्ड क्यारी प्रा.लि.(सेल्सबेरी) ले करोडौं रुपैयाँ राजस्व छली गरेको विषयमा उजुरी परि अहिले राजस्व अनुसन्धान विभागले छानबिन अनुसन्धान गरिरहेको बुझिन आएको छ। आर्थिक वर्ष २०७९/८० मा करिव २ अर्बको कारोबार गरेको सेलवेज क्यास एण्ड क्यारीले आर्थिक वर्ष २०८०/८१ मा भने करिव १ अर्ब ५० करोड मात्र कारोबार गरेको हिसाब देखाएर करिव ५० करोड कारोबारको मुनाफामा राजस्व छलेको पाइएको छ। राजस्व छलीबाट आर्जित रकमबाट कम्पनीका प्रमुख प्रशासकीय अधिकृत सुशिलमान प्रधानाङ्गले महाराजगञ्जमा जग्गा खरिद गरि भव्य आधुनिक भवन निर्माण गर्न थालेका छन्। जबकी प्रा. लि. को नामको कारोबारबाट व्यक्तिका नाममा जग्गा खरिद गरि भव्य आधुनिक भवन निर्माण गर्न पाइँदैन।
सेलवेज क्यास एण्ड क्यारीले कम्पनीको २०७९/८० मा दायित्व करिव २ अर्ब ३५ करोड रूपैयाँ रहेकोमा आर्थिक वर्ष २०८०/८१ मा ५७ करोड बढाएर २ अर्ब ९२ करोड रूपैयाँ पुरयाएको छ। यस विषयको वास्तविक तथ्याङक राजस्व अनुसन्धान विभागले तीन-चार पटक पत्राचार गरि माग्दा समेत सेलवेज क्यास एण्ड क्यारी प्रा.लि. ले विभागलाई वास्तविक कारोवारको डाटा आफ्नो कम्पनीसँग नभएको र यससम्बन्धी सबै तथ्याङक डाटा हवसँग भएको बताएर उतै माग्न पत्रचार गरेर राजस्व छली रहेको सेल्सबेरी स्रोतले बताएको छ। विभागमा डाटा हवले यकिन तथ्यांक नदिएको र टार्दै आएको छ। यस सम्बन्धमा राजस्व अनुसन्धान विभागले अब यस प्रा.लि.लाई करोडौं राजस्व छलीमा धरौटी माग गरि मुद्दा चलाउने सम्भावना बढेको समाचार स्रोतले बताएको छ।
सेलवेज क्यास एण्ड क्यारी प्रा.लि.ले बीचमा दुई-तिन वटा राजस्व छली गर्न खरिदबिक्री गर्ने नक्कली कम्पनी खडा गरि ती कम्पनी मार्फत ग्रोसरी, लिक्वेयर, फोजन फुड,डेरी एण्ड फ्र्स प्रोडक्ट,पर्सनल केयर, हाउस होल्ड आइटम, गार्मेन्ट लगायतका सामान खरिद गर्ने, सामानको बिक्री कारोबार नगदमा गर्ने तर पार्टीलाई समयमा रकम भुक्तानी नगरि रकम तिर्न बाँकी राखेर, तिर्न बुझाउन दायित्व बाँकी देखाएर पनि राजस्व छली गरेको पाइएको छ। यसमा कम्पनीका प्रमुख वृत्त अधिकृत सन्दिप प्रधानाङ्ग लागिरहेको सेल्सबेरी डिपार्टमेन्ट स्टोर स्रोतले बताएको छ।
विगत दश वर्षदेखि सेलवेज क्यास एण्ड क्यारी प्रा.लि.ले सेल्सबेरी ब्राण्डमा ४० वटा डिपार्टमेन्ट स्टोर (शाखा) मार्फत आफ्नो व्यापार, व्यवसाय सञ्चालन गर्दै आइरहेको छ । यस प्रा.लि. ले सन २०२६ सम्म देशभर एकसय वटा शाखा विस्तार गरी दुई हजार जनशक्तिलाई प्रत्यक्ष रोजगार सिर्जना गर्ने लक्ष्य लिएको दाबी गर्दै आएको छ। सेल्सबेरीले काठमाडौंको महाराजगञ्जमा गत बैशाख २१ गतेदेखि अत्याधुनिक भवन निर्माण सुरू गरेको थियो। त्यो अत्याधुनिक भवनमा बाल मनोरन्जनका सुविधा, स्पा, ज्याकुजी, स्वीमिङ पुल तथा विविध स्वदेशी, विदेशी खानाहरुको सेवा, सुविधासहितको रेष्टुरेण्टसहित स्वदेशी एवम् विदेशी सामानहरु महँगो मूल्यमा बिक्री गर्ने जनाएको थियो। उक्त अत्याधुनिक भवनको चौथो तलामा बेसमेन्ट पार्किङ पनि रहने कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुशिलमान प्रधानाङ्गले जनाएका थिए । भुईँ तलादेखि छैठौं तलासम्म डिपार्टमेण्टल स्टोर सञ्चालन गर्ने योजना छ । सातौँ र आठौँ तलामा विभिन्न कर्पोरेट अफिसहरु रहने, नवौँ, दशौँ तथा एघारौँ तलामा जिम, फिटनेस सेन्टर स्पा तथा स्वदेशी एवम् विदेशी खानाहरुको सेवासुविधा सहितको रेष्टुरेण्ट एवम् बार सञ्चालन गर्ने र बाह्रौँ तलामा स्वीमिङ पुल, ज्याकुजी, बियर गार्डेन, कफी लाउन्ज तथा इभेन्ट सेन्टर सञ्चालन गर्ने दाबी गरेको छ । उक्त भवनको तेह्रौँ तलामा भ्यू टावर रहने र त्यहाँबाट काठमाडौं उपत्यका ३६० डिग्रीमा दृश्यावलोकन गर्न सकिने पनि सो कम्पनीले दाबी गरेको छ ।
उक्त अत्याधुनिक भवनमा सेल्सबेरी व्राण्ड मार्फत चेन डिपार्टमेण्टल स्टोरको रुपमा सञ्चालनमा आउँदा स्वदेशी तथा विदेशी पर्यटकहरुको लागि समेत उत्कृष्ट सपिङ डेस्टिनेशन हुने कम्पनीले दाबी गरेको छ । यसैगरि सेल्सबेरीले गत वैशाख महिनादेखि कालिमाटी काठमाडौंको कालिमाटी ट्रेड सेन्टरमा पनि आउटलेट सञ्चालनमा ल्याएको थियो।
काठमाडौंको महाराजगन्जमा सेल्सबेरी टावरको निर्माण सुरू र कालिमाटी ट्रेड सेन्टरको आउटलेट सुरु गरेपनि करोडौं राजस्व छली गरेर छानबिन अनुसन्धान भैरहेकाले यस कम्पनीलाई २०/२५ करोड राजस्व छलीमा मुद्दा चल्न सक्ने सेल्सबेरी स्रोतले बताएको छ। यस कम्पनीले ग्राहक वर्गलाई विभिन्न सामानको खरिदमा नगददेखि कारसम्म उपहार पाउने लोभ देखाएर ठगी गर्दै आएको छ। कम्पनीले काठमाडौं तथा पोखरामा थप ६ वटा शाखाहरु सञ्चालन गर्ने दाबी गरिरहेको छ । हरेकवर्ष सानो, मध्यम तथा ठूलो स्तरको १०/१५ वटासम्म आउटलेट (शाखा) विस्तार गर्ने लक्ष्य कम्पनीको देखिन्छ । तर त्यसको कम्पनीले वास्तविक आम्दानीको पारदर्शी हिसावकिताव देखाउन सकिरहेको छैन। ऋण दायित्व बढेको देखाएर राजस्व छली गरिरहेको स्रोतको दाबी रहेको छ।
यस कम्पनीको राजस्व ठगी र छलीका बारेमा राजस्व अनुसन्धान विभागले छिटो छानबिन अनुसन्धान गरी मुद्धा चलाउनुपर्ने देखिन्छ । यस कम्पनीले विभागलाई सही डेटा उपलब्ध नगराएकाले विभागले कम्पनीका आउटलेटहरुमा छापा मारेर कागजपत्र र कम्प्युटर लिई छानबिन गर्नुपर्ने देखिन्छ । यसमा विभागले किन ढिलासुस्ती गरेको हो बुझ्न सकिएको छैन । यस सम्बन्धमा यस न्युज नेपाल डटकमको अनुसन्धान जारी छ ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












