इजरायली सेनाले लेबनानका विभिन्न केन्द्रमा गर्यो हवाई आक्रमण
काठमाडौं । इजरायली सेनाले लेबनानमा रहेका हिजबुल्लाहरुका विभिन्न केन्द्रहरूमा हवाई आक्रमण गरेको छ। हिजबुल्लाहको मिसाइल र रकेट फायरिङ गतिविधि पत्ता लागेपछि इजरायलले आक्रमण सुरु गरेको हो ।
इजरायल डिफेन्स फोर्सका प्रवक्ता ड्यानियल हगारीले हिजबुल्लाहको मिसाइल र रकेट आक्रमणलाई पन्छाउन आत्मरक्षाका लागि लेबनानमा आक्रमण गरेको बताए ।
उनले इजरायलले लेबनानमा आक्रमण गर्नुअघि सर्वसाधारणलाई हिजबुल्लाह क्षेत्रबाट तुरुन्तै बाहिरिन चेतावनी दिएको बताए। करिब तीन दिन अघि इजरायली सेनाले दक्षिणी लेबनानमा हिजबुल्लाहका १० वटा स्थानलाई निशाना बनाएको थियो ।
इजरायली विमानले आइन काना, केफर फिला, लुइजेह, बसलिया र केफर मेल्की सहरको बाहिरी भागमा रहेको चकिफ क्यासललाई निशाना बनाएको थियो।
इजरायली लडाकु विमानहरूले लेबनान भित्रका हतियार भण्डार र सैन्य भवनहरूलाई निशाना बनाएका छन् । लेबनानको स्वास्थ्य मन्त्रालयले आक्रमणमा एक जनाको मृत्यु भएको र ३० जना घाइते भएको बताएको छ ।
इजरायली आक्रमणहरूको जवाफमा हिजबुल्लाहले गोलान हाइट्स क्षेत्रमा मिसाइलहरू प्रहार गरेको छ । हिजबुल्लाहले इजरायलतर्फ देशको उत्तरी भागमा रहेका ११ सैन्य स्थललाई लक्षित गरी ३२० भन्दा बढी रकेट प्रहार गरेको जनाएको बीबीसीले उल्लेख गरेको छ । आफ्ना सैन्य कमाण्डर फुआद शुक्रको हत्याको बदला लिन इजरायलमा ड्रोन र मिसाइल आक्रमण गरेको बताएको छ ।
Comments
अरु समाचार
-
आईसीसी विश्वकप लिग–२ : नेपाल ओमनसँग पराजित
काठमाडौं । आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा नेपाल ओमनसँग एक विकेटले पराजित भएको छ । नेपालले दिएको दुई सय २० रनको...
-
संविधान दिवस २०८१ आज हर्षोल्लासका साथ मनाइँदै
काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल...
-
आजको राशिफलः २०८१ असोज ३ गते बिहीवार
मेष: टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ। अवसरको खोजीमा केही दौडधुप भने गर्नुपर्ला। चुनौती पन्छाउँदै रोकिएका काम सम्पादन गर्न...
-
दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई अदालतले दियो अनुमति
काठमाडौं । बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बुधबार काठमाडौं जिल्ला...
-
आजदेखि सोह्र श्राद्धको विधिवत् आरम्भ गरिँदै
काठमाडौँ, २ असोजः प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ ।...
-
देशका अधिकांश भागमा मौसम सफा रहने
काठमाडौँ, २ असोजः देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको...
-
‘साना तथा मझौला उद्योग प्रवर्द्धनको प्रयासमा उद्योग वाणिज्य महासंघ’
काठमाडौँ, २ असोजः नेपाल उद्योग वाणिज्य महासङ्ले युवा, महिला एवं साना तथा मझौला उद्यमीको प्रवर्द्धनमा विशेष प्रयास गरिरहेको जनाएको छ...
-
आजको राशिफल: २०८१ साल असोज २ गते बुधवार
मेषः चिताएको मूल्य प्राप्त नभए पनि प्रयत्न गर्दा ऋणमोचन हुनेछ। खोजी गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। तर आफ्नो मेहनतबाट...
-
राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रिय भेला सुरु
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय परिषदको राष्ट्रिय भेला आजबाट सुरु भएको छ। दुई दिनसम्म काठमाडौंको प्रज्ञा भवन कमलादीमा चल्ने...