लोकतान्त्रिक व्यवस्था बचाउन र स्थायीत्वका लागि एमालेसँग मिल्नु परेको होः सभापति देउवा
काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्थायीत्वका लागि नेकपा एमालेसँग मिल्नुपरेको बताएका छन् ।
पार्टीतिकट नेपाल कार्मचारी युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले स्थायी सरकारकै लागि गत असार १७ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सहमति गरेर अगाडि बढ्ने निर्णय गरेको पनि बताएका छन् ।
देउवाले कर्मचारीले जुन दलप्रति आस्था राखे पनि सरकारको निर्देशन मानेर अघि बढ्नुपर्नेमा पनि जोड दिए । देउवाले कांग्रेस र एमालेबीच विगतमा अनेकन मतभेद रहेको स्वीकार्दै तर लोकतान्त्रिक व्यवस्था बचाउने कुरामा मिल्नुपरेको पनि प्रष्टीकरण दिए ।
‘कांग्रेस र एमालेबीच विगतमा मतभेद थिए, अहिले पनि केही होलान् । तर हामी अहिलेको व्यवस्था बचाउने कुरामा एक ठाउँमा छौँ, यसमा दुई दलबीच कुनै मतभिन्नता छैन’, उनले भने, ‘कांग्रेस–एमाले मुख्य प्रतिस्पर्धी रहेको कुरामा कुनै शंका छैन। तर देशका समस्याहरू हामी दुई दल मिलेर समाधान गर्दै अघि बढ्छौँ ।’
उनले आफू र ओली मिलेपछि देशका जुनसुकै समस्या समाधान गर्न सक्ने पनि बताए । ‘ओलीजी र म मिलेर देशका हरेक समस्याको समाधान गर्छौ’, उनले भने, ‘अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउनुछ, यसको रक्षा गर्नुछ । नेपाली जनताले खोजेको पनि देशमा स्थायित्व र स्थायी सरकार हो । त्यसकै लागि कांग्रेस र एमाले एक ठाउँ भएका हौँ ।’
देउवाले कर्मचारीहरूलाई जो जहाँ जुन दलमा आस्था राख्ने भए पनि सरकारको निर्देशन मान्नुपर्ने दोहोर्याए । उनले जुन दलसँग आस्था राखे पनि कर्मचारीहरूले सरकारको निर्देशन मानेर जनताको सेवामा लाग्नुपर्नेमा जोड दिए ।
Comments
अरु समाचार
-
संविधान दिवस २०८१ आज हर्षोल्लासका साथ मनाइँदै
काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल...
-
आजको राशिफलः २०८१ असोज ३ गते बिहीवार
मेष: टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ। अवसरको खोजीमा केही दौडधुप भने गर्नुपर्ला। चुनौती पन्छाउँदै रोकिएका काम सम्पादन गर्न...
-
दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई अदालतले दियो अनुमति
काठमाडौं । बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बुधबार काठमाडौं जिल्ला...
-
विश्वकप लिग-२: नेपालले आज चिरपरिचित प्रतिद्वन्दी ओमानसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । क्यानडाको...
-
एसइई नतिजामा उल्लेख्य सुधार ल्याउन नीतिगत पहल सुरु भइसकेको छ: प्रधानमन्त्री ओली
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजालाई लगभग ७० प्रतिशतसम्म पुर्याउन नीतिगत पहल...
-
दरबारमार्ग क्षेत्रमा सवारी आवागमनमा रोक
काठमाडौं । संविधान दिवसका अवसरमा आयोजना गरिने कार्यक्रमका लागि मञ्च निर्माण गर्नुपर्ने भएकाले दरबारमार्ग क्षेत्रमा सवारी आवागमन रोक लगाइएको छ...
-
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । विश्वासको मत प्रयोजनका लागि दिउँसो...
-
आजदेखि सोह्र श्राद्धको विधिवत् आरम्भ गरिँदै
काठमाडौँ, २ असोजः प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ ।...
-
देशका अधिकांश भागमा मौसम सफा रहने
काठमाडौँ, २ असोजः देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको...