ताजा समाचार

लेबनानमा इजरायलकोे आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४ सय ९२

जेरुसलेम । लेबनानमा इजरायलले गरेको पछिल्लो आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ४ सय ९२ पुगेको छ । हिजो बिहानदेखिको इजरायली आक्रमणबाट १ हजार ६ सय ४५ जना घाइते भएका लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ज्यान गुमाउनेमा ३५ जना बालबालिका र ५८ जना महिला रहेका अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

मन्त्रालयका अनुसार इजरायलले हिजबुल्लाहविरुद्ध सबैभन्दा ठूलो हवाई आक्रमण गरेको हो जुन सन् १९७५ देखि १९९० सम्म चलेको गृहयुद्धपछि हिंसाको सबैभन्दा घातक दिन हो । तीव्र आक्रमण हुन थालेपछि दशौँ हजार नागरिक दक्षिणी लेबनानबाट भागेका छन् ।

इजरायलले हिजबुल्लाहमाथि लगातार मिसाइल र रकेट प्रहार गरिरहेको दाबी गरेको छ । हिजबुल्लाहल पनि इजरायलमा रकेट प्रहार गरेको बताएको छ । लेवनानका प्रधानमन्त्री नजिब मिकातीले सरकारले हिंसा र युद्ध रोक्न प्रयास गरे पनि असफल भएको बताउनुभएको छ ।

उहाँले आक्रमणका कारण कूटनीतिक, मानवीय, स्वास्थ्य, सुरक्षा र नागरिकको जीविकोपार्जनको सन्दर्भमा कमजोर बेरुतको बन्दरगाह,दक्षिण लेवनान र बेका भ्यालीबाट नागरिकहरु विस्तापित भइरहेका बताउनुभयो । बढ्दो हिंसाप्रति संयुक्त राष्ट्र सङ्घ र मध्यपूर्वी देशहरु चिन्तित भएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org