प्रकाशमान सिंह राउत प्रधानन्यायाधीशमा नियुक्त, आज अपरान्ह पद तथा गाेपनियताकाे सपथ हुने
– सजिव कालाखेतीबाट
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज असाेज २० गते सर्वाेच्च अदालतका वरिष्ठ न्यायाधीश प्रकाशमान सिंह राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका छन् । राष्ट्रपतिले संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा उनलाई आज प्रधानन्यायाधीश नियुक्त गरेका हुन् । उनी सर्वोच्च अदालतको ३२ औं प्रधानन्यायाधीश हुन् ।
नवनियुक्त प्रधानन्यायाधीश राउतले आजै दिउँसो पद तथा गाेपनियताकाे शपथ ग्रहण लिदैछन् । शपथपछि आज अपरान्ह सर्वाेच्च अदालत पुगेर पदभार ग्रहण गर्नेगरि सर्वोच्च अदालतले तयारी गरिरहेको छ। आजबाट वरिष्ठ न्यायाधीश भएकी सपना प्रधान मल्लले राउतलाई सर्वोच्चमा स्वागत गर्नेछिन् । राउत ०८२ चैत १६ गतेसम्म सर्वोच्च अदालतकाे प्रधानन्यायाधीश रहनेछन् ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठकाे असोज १९ गतेदेखि अवकास पाएपछि राउत प्रधानन्यायाधीश बनेका हुन् । संवैधानिक परिषदको बैठकले राउतलाई गत भदाै ३१ गते प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो । प्रधानन्यायाधीशमा सिफारिस भएका राउतकाे नाम गत असोज १६ गते संसदीय सुनुवाई समितिबाट सर्वसम्मत रुपमा अनुमोदन भएकाे थियाे । सर्वाेच्च अदालतका यसअघिका प्रधानन्यायाधीश श्रेष्ठको गत असाेज १६ गते सर्वोच्च अदालतबाट ओैपचारिक रूपमा बिदाइ भएकाे थियाे ।
काे हुन प्रधानन्यायाधीश राउत ?
२०१७ चैत १८ गते उदयपुर जिल्लामा जन्मिएका राउतले कानुनमा स्नातक गरेका छन। उनी २०३९ सालदेखि कानुन व्यवसायीको रुपमा इजलासमा प्रवेश गरेका थिए। राउतले करिव ३३ वर्ष अर्थात् २०७२ सालम्म वकालत पेसालाई निरन्तरता दिएका थिए। अधिवक्ता र वरिष्ठ अधिवक्ताका रूपमा उनले सर्वोच्च अदालतमा बहसपैरवी गरेका थिए। राउत सर्वोच्च अदालत बार एशाेसिएशन र नेपाल बार एसोसिएसनको अध्यक्षसमेत भएका थिए। राउतले नेपाल बार एसोसिएसनको संवैधानिक समितिको संयोजक भएर पनि काम गरेका थिए। प्रधानन्यायाधीश राउत देवानी, फौजदारी, संवैधानिक कानुन, मुद्दा र रिटमा विशेष दख्खल राख्छन। यसबाहेक राउतसँग विभिन्न निजी एवं सार्वजनिक संस्थाहरूमा कानुनी सल्लाहकारका रूपमा पनि काम गरेको अनुभव छ।
राउत सर्वाेच्च अदालतकाे न्यायाधीशमा २०७३ साउन १७ गते नियुक्त भएका थिए। राउतकाे सर्वाेच्च अदालतमा ०८१ असोज २० देखि ०८२ चैत १७ सम्म नेतृत्व गर्ने छन। सर्वाेच्चमा ८ वर्ष न्यायाधीश हुँदा उनी कुनै पनि विवादमा परेका छैनन। त्यसैले उनलाई न्यायिक क्षेत्रमा “टप अफ द जस्टिक” भनिन्छ। लाेकतान्त्रिक विचार निकट रहेका प्रधानन्यायाधीश राउतलाई अत्यन्तै सकृय,सक्षम,याेग्य,उच्च नैतिकवान,इमानदार ,न्यायिक र अनुभवी प्रधानन्यायाधीश मानिन्छ। उनकाे डेढ वर्षे कार्यकालमा न्यायिक क्षेत्रमा आमूल परिवर्तन हुने अपेक्षा गरिएकाे छ ।
Comments
अरु समाचार
-
राष्ट्रपतिद्वारा प्रधानन्यायाधीशलाई शपथ
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति भवन शीतल...
-
लाभग्राहीको सङ्ख्या यकिन गरेर यथाशीघ्र विवरण पठाउन गृह मन्त्रालयको निर्देशन
काठमाडौं । गृह मन्त्रालयले विपद्बाट लाभग्राहीको सङ्ख्या यकिन गरेर यथाशीघ्र विवरण पठाउन मातहतका निकायलाई निर्देशन दिएको छ । मन्त्रालयले यसरी...
-
पत्रकार महासंघको निर्वाचन मङ्सिर २८ गते गर्ने निर्णय
भक्तपुर। नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न भएको छ । नेपाल पत्रकार महसङ्घ...
-
नयाँ प्रधानन्यायाधीश राउतको शपथ भोलि हुँदै
काठमाडौं । नयाँ प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको शपथ भोलि (आइतबार) हुने भएको छ। राष्ट्रपति भवनमा आइतबार दिउँसो १ः ३० बजे राष्ट्रपतिको...
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकैदिन साढे तीनकरोड जम्मा
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज एकैदिन रु तीन करोडभन्दा बढी रकम हस्तान्तरण भएको छ । प्रधानमन्त्री केपी शर्मा...
-
राष्ट्रपति पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष दाहालको भेट
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले भेट गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा...
-
परराष्ट्रमन्त्री डा.राणा आज स्वदेश फर्कर्दै
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलग (एसिडी)को तेस्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यहाँ...
-
प्रधानमन्त्रीसँग बंगलादेशका मन्त्री हसनको शिष्टाचार भेट
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालमा रहेकी बङ्गलादेशको वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनले आज शिष्टाचार...
-
जर्मनी एकीकरण दिवस समारोहमा उपराष्ट्रपति सरिक
काठामाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव जर्मनी एकीकरण दिवसका अवसरमा नेपालका लागि उक्त मुलुकका राजदूत डा.थोमस प्रिन्जले बुधबार साँझ आयोजना गरेको...