युक्रेनी विदेशमन्त्री युद्ध अन्त्य गर्ने योजनामा समर्थन जुटाउन अफ्रिका र ओमानको भ्रमणमा
काठमाडौं । युक्रेनी विदेश मन्त्री एन्ड्री सिबिगाले युक्रेन र रूसको बीचको युद्ध अन्त्य गर्ने योजनामा समर्थन जुटाउन बुधबार अफ्रिकी देशहरू र ओमानको भ्रमण सुरु गरेका छन् ।
युक्रेनी नेता भोलोदिमिर जेलेन्स्कीले युद्व अन्त्यको विजय योजना सार्वजनिक गरेसँगै नेटोको तत्काल सदस्यताका लागि आह्वान गरेपछि ओमान, एङ्गोला, इजिप्ट र दक्षिण अफ्रिकाको भ्रमण अभियान सुरु भएको हो ।
बुधबारदेखि आगामी सोमबार सम्मलाई तय भएको सिबिगाको भ्रमणले “शान्ति सूत्रलाई बढावा दिने, राजनीतिक संवादको विकास गर्ने, युक्रेनका लागि मानवीय तथा ऊर्जा सहयोगलाई सुदृढ पार्ने, व्यापार र आर्थिक सहयोगको विकास गर्ने विदेश मन्त्रालयले जनाएको छ ।
गत जुनमा, लगभग ८० वटा देशले जेलेन्स्कीको प्रस्तावीत दश सूत्रीय “शान्ति सूत्र“ लाई समर्थन गरेका थिए । जसमा युक्रेनी क्षेत्रीय अखण्डतालाई सम्मान गर्दै रूसी सेनालाई युक्रेन छोड्न आह्वान गरिएको थियो । युक्रेनले यस एजेन्डालाई समर्थन गर्न थप देशहरूलाई आग्रह गर्दै आएको छ ।
सन् २०२२ फेब्रुअरीमा रूसले युक्रेनमा आक्रमण गरेदेखि, किभले अफ्रिका र एसियामा मस्कोका परम्परागत सहयोगीहरूसँग कूटनीतिक सम्बन्ध बढाइरहेको छ ।
Comments
अरु समाचार
-
भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सी जिङपिङबीच रुसमा भेटवार्ता हुने
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिङपिङले बुधबार पाँच वर्षमा पहिलो पटक द्विपक्षीय बैठक गर्ने भारतीय...
-
बङ्गलादेशमा राष्ट्रपति साहाबुद्दिनको राजीनामा माग, प्रदर्शनकारीद्वारा राष्ट्रपति भवन कब्जा
काठमाडौं । बङ्गलादेशका प्रदर्शनकारीहरूले राष्ट्रपति मोहम्मद साहाबुद्दिनको राजिनामा माग गर्दै राष्ट्रपति भवन ’बङ्गभवन’ कब्जा गरेका छन् । यसअघि मङ्गलबार दिउँसो...
-
रूसमा सेना नपठाएको उत्तर कोरियाको दाबी
काठमाडौं । उत्तर कोरियाले मस्कोलाई युक्रेनको विरुद्धमा लड्न सेना नपठाएको जनाउदै संयुक्त राष्ट्रसङ्घका लागि उत्तर कोरियाली प्रतिनिधि किम सङले सियोलको...
-
हाइटी गिरोहको आक्रमणमा दुई जनाको मृत्यु , पाँच हजार विस्थापित
काठमाडौं । हाइटीका गिरोहहरूले राजधानी पोर्ट –आउ–प्रिन्समा आक्रमण गर्दा आठ महिनाको गर्भवती महिलासहित दुई महिलाको मृत्यु हुनुका साथै पाँच हजार...
-
म्यानमारमा डुङ्गा डुब्दा ११ जनाको मृत्यु, १९ बेपत्ता
काठमाडौं । म्यानमारको दक्षिणी तटमा अन्डमान सागरमा करिब ३० जना बोकेको डुङ्गा डुबेपछि उद्धारका लागि खटिएका उद्धारकर्ताहरूले एघार वटा शव...
-
“मस्कोलाई एक्ल्याउने पश्चिमा प्रयास असफल”
मस्को । उदीयमान अर्थतन्त्रहरूको गठबन्धन ब्रिक्स समूहको शिखर सम्मेलनका लागि आगामी हप्ता रुसमा विश्वका दुई दर्जन नेताहरूको बैठक हुने भएको...
-
इजरायली हमलामा गाजामा ७० को मृत्यु
काठमाडौं । उत्तरी गाजाको बेइट लाहियामा भएको इजरायली आक्रमणमा ७३ जनाको मृत्यु भएको र धेरैजना भग्नावशेषमुनि पुरिएको आशङ्का गरिएको अल...
-
भारतीय एयरलाइन्सलाई बमको धम्कीले अराजकता बढाउँदै
काठमाडौं । भारतीय एयरलाइन्सहरूद्वारा सञ्चालित उडानहरूलाई ७० भन्दा बढी झुटो बमको धम्की दिइएको र यसले यात्रुहरूमा त्रास फैलाउनुका साथै विश्वव्यापी...
-
इजरायली हवाई आक्रमणमा कम्तीमा ३३ प्यालेस्टाइनीको मृत्यु
काठमाडौं । उत्तरी गाजा पट्टीको जबलिया शिविरमा शुक्रबार साँझ इजरायली हवाई आक्रमणमा कम्तीमा ३३ जना प्यालेस्टाइनीको मृत्यु भएको छ ।...