ताजा समाचार

इजरायली हवाई आक्रमणमा कम्तीमा ३३ प्यालेस्टाइनीको मृत्यु

काठमाडौं । उत्तरी गाजा पट्टीको जबलिया शिविरमा शुक्रबार साँझ इजरायली हवाई आक्रमणमा कम्तीमा ३३ जना प्यालेस्टाइनीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा २१ जना महिला समेत रहेका छन् । बम विस्फोटमा ८५ जनाभन्दा बढी घाइते भएको र केहीलाई गम्भीर चोट लागेको सञ्चारमाध्यमले जनाएको छ । इजरायली सेनाले जबलिया शिविरका धेरै घरहरूमा बमवारि गरेको बताइएको छ । इजरायली सेनाले यस घटनाबारे हालसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

सन् २०२३ अक्टोबर ७ इजरायलले दक्षिणी इजरायली सीमाबाट हमासको घुसपैठको बदला लिन गाजा पट्टीमा हमास विरुद्ध ठूलो आक्रमण सुरु गर्‍यो जसमा लगभग एक हजार दुई सय मानिसहरू मारिए र लगभग २५० बन्धक बनाइयो ।

गाजा पट्टीमा जारी इजरायली हमलाबाट प्यालेस्टिनीको मृत्यु हुनेको सङ्ख्या ४२ हजार ५०० पुगेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org