भृकुटीमण्डपमा तिहार ‘फ्लोरा एक्स्पो’ सुरु
काठमाडौं । ‘तिहारको महोत्सव, फूलको उत्सव’ नाराका साथ पाँच दिने तिहार फ्लोरा एक्स्पो–२०८१ भृकुटीमण्डपमा सुरु भएको छ । नर्सरी व्यवसायी सङ्घ, नेपालको आयोजनामा सुरु भएको मेलामा ६५ वटा व्यावसायिक कक्ष राखिएको छ । करिव ३५ हजार मानिसले अवलोकन गर्ने अनुमान गरिएको मेलामा रु ७० लाखको फूल एवं नर्सरी सामानको बिक्री वितरण हुने जनाइएको छ ।
मेलाको उद्घाटन गर्नुहुँदै वाग्मती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले सामुदायिक वनभित्रका बाँझो जग्गा नर्सरीका लागि दिने गरी आगामी नीति तथा कार्यक्रममा समावेश गरिने प्रतिबद्धता जनाउनुभयो । पुष्प व्यवसाय प्रवद्र्धनका लागि बजेटको व्यवस्था गरिने समेत उहाँको वाचा थियो ।
“रैथाने जातका लालीगुराँस, सुनगाभालाई पनि विश्वबजारमा लैजाने गरी उत्पादन गरिनुपर्छ, यस्ता उत्पादन निर्यात गरेर युवालाई स्वदेशमै राख्ने वातावरण बनाउन सकिन्छ, गत असोज दोस्रो साताको अविरल वर्षाका कारण नर्सरी व्यवसायमा भएको क्षतिको विवरण पेश गरे राहतका लागि सहयोग हुनेछ”–उहाँले भन्नुभयो ।
वनस्पति विभागका महानिर्देशक डा सञ्जीवकुमार राईले प्लाष्टिकजन्य फूलको आयातले स्वदेशी बजारमा समस्या आएको उल्लेख गर्नुहुँदै सयपत्री, मखमली, गोदावरीजस्ता विदेशबाट आएका फूलभन्दा स्वदेशीलाई प्रवद्र्धन गरिनुपर्ने बताउनुभयो । गत वर्ष आयातीत सयपत्री फूलका कारण नेपाली फूल बिक्री नभएपछि विभागको प्राकृतिक अनुसन्धानशालाले फूड सप्लिमेन्ट र सौन्दर्य सामग्री निर्माण भएको उहाँले सुनाउनुभयो । यो अनुसन्धानबाट तीन वटा उद्योग पनि दर्ता भएको महानिर्देशक राईले सुनाउनुभयो ।
नेपाल घरेलु तथा साना उद्योग महासङ्घका वस्तुगत उपाध्यक्ष मोहन कटुवालले नेपालमा ८० प्रतिशतभन्दा धेरै लघु तथा घरेलु उद्योग भएपनि सरकारले भने यिनको प्रवद्र्धनमा ध्यान नदिएकामा गुनासो गर्नुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य एवं निर्यात प्रवद्र्धन समितिका संयोजक नरेशलाल श्रेष्ठले कृषि, ऊर्जा र पर्यटन क्षेत्रमा सहुलियत कर्जाको व्यवस्था गरी देशमै रोजगारी प्रवद्र्धन गर्न सकिने बताउनुभयो ।
मेला संयोजक एवं आयोजक समितिका अध्यक्ष रामजीप्रसाद तिमल्सिना, उपाध्यक्ष लक्ष्मी महर्जन, निर्णायक समितिका सदस्य रबिन्द्र थापालगायतले सयपत्री फूलको प्रवद्र्धनका लागि सरकारी नीति तथा कार्यक्रम र बजेटमा व्यवस्था भएपनि कार्यान्वयन हुन नसकेकाले कार्यान्वयनका लागि सरोकार भएका सरकारी र गैरसरकारी निकायबीच समन्वय हुनुपर्नेमा जोड दिनुभएको थियो ।
Comments
अरु समाचार
-
इरानमाथि इजरायलको आक्रमणपछि रूसको चेतावनी
मस्काे । जरायलले इरानमा सैन्य लक्ष्यमा बमबारी गरेपछि इरान र इजरायलबीचको शत्रुतामा ‘खतरनाक वृद्धि’ भएको र यसले स्थिति नियन्त्रण बाहिर...
-
शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा भेटियो दुर्लभ जङ्गली याक
काठमाडौँ, : शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा दुर्लभ जङ्गली याक फेला परेको छ । सो क्षेत्रमा गरिएको अध्ययनका क्रममा निकुञ्जमा भाले जङ्गली...
-
सरकारको सय दिन :‘नीतिगत सुधार र श्रम कूटनीति विस्तारमा श्रम मन्त्रालयको फड्को’
काठमाडौँ,: श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नीतिगत र कानुनी सुधार, आन्तरिक रोजगारी प्रवद्र्धन, वैदेशिक रोजगार व्यवस्थापन तथा सुशासन प्रवद्र्धन...
-
धादिङमा भ्यान दुर्घटना हुँदा ११ जना घाइते
काठमाडौं । काठमाडौंबाट चितवनको जाँदै गरेको माइक्रो भ्यान धादिङको थाक्रेमा दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । बागमती प्रदेश...
-
पूर्वी लेबनानमा इजरायली आक्रमण जारी
काठमाडौं । पूर्वी लेबनानमा भएको इजरायली आक्रमणमा तीन जना पत्रकारको मृत्यु हुनुका साथै बेरुतको दक्षिणी उपनगरका भवनहरूमा भौतिक क्षति भएको...
-
अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माण नरोकिने
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माणका क्रममा बजेट निकासा नरोकिने जानकारी दिएका छन्...
-
परम्परागत पेसाः नाङ्लो बेचेर गुजारा गर्दै सदाय समुदाय
लहान (सिरहा): गरिबी र विपन्नताको जाँतोमा पिल्सिएका यहाँका सदाय समुदायमा यतिबेला उल्लास छाएको छ । छठपर्व नजिकिएसँगै बाँसको नाङ्लो बनाउन...
-
जलवायु परिवर्तनको असरबाट नेपाल पीडित छः उपप्रधानमन्त्री पौडेल
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जलवायु परिवर्तनको असरबाट नेपाल पीडित भएको उल्लेख गर्दै त्यसको प्रभाव कम गर्न अन्तर्राष्ट्रिय...
-
बाग्लुङमा पर्यटकीय पूर्वाधार बनाउन महायज्ञ
काठमाडौं । प्रचारप्रसार र पूर्वाधार अभावले ओझेलमा परेको बाग्लुङ गलकोटको पर्यटकीयस्थल गाजा दहको संरक्षण गर्न स्थानीय एकजुट भएका छन् ।...