चितवनको सेतिदोभानमा बस दुर्घटना, २४ जना घाइते
काठमाडौं । नारायणगढ मुग्लिन सडकको सेतिदोभानमा आइतबार विहान ४ः४० बजे यात्रुवाहक बस दुर्घटना भएको छ । भरतपुर महानगर पालिका २९ सेतीदोभानमा नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदैगरेको लुप्र ०३-००१ ख ००७७ नम्बरको बस पुलबाट करिव २० मिटर तल खोल्सिमा खस्दा सो दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनकाअनुसार दुर्घटनामा २४ जना घाइते भएका छन् । चितवन मेडिकल कलेजमा घाइतेको उपचार भइरहेको छ । अहिले घटनास्थलमा प्रहरी र स्थानीय मिलेर उद्धारको कार्य जारी राखेको प्रहरीको भनाइ छ । बसमा २९ जना यात्रु सवार रहेका थिए ।
घाइते हुनेहरुमा जिल्ला दैलेख नौवुने गाउँपालिका बस्ने बर्ष ३० कि निशा शाही, बर्दिया मधुवन नगरपालिका ३ का वर्ष ४१ को सेतुबहादुर घर्ती मगर, बर्दिया बासगढी नगरपालिका वडा नम्वर ५ बस्ने वर्ष ३० कि गीता राउत ओली, बाँके राप्ती सुनारी गाउँपालिका ३ बस्ने वर्ष ३८ कि पार्वती राजकोटी, बर्दिया बासगढी नगरपालिका ८ बस्ने वर्ष ३९ को दिनेशबहादुर रिजाल, जिल्ला नुवाकोट पञ्चकन्या गाउँपालिका २ बस्ने वर्ष २३ कि रञ्जना महत्तो, बाँके नेपालगञ्ज नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ६ बस्ने वर्ष ३१ को रामलखन चौधरी रहनुभएको छ ।
त्यस्तै, नुवाकोट विदुर नगरपालिका वडा नं ७ बस्ने वर्ष २८ कि प्रियना तामाङ, बाँके कोहलपुर नगरपालिका ५ बस्ने वर्ष ३८ को पूर्णबहादुर मल्ल, बाँके नगरपालिका ३ बस्ने वर्ष २५ कि पूजा कठायत, बाँके कोहलपुर नगरपालिका ४ मदनचोक बस्ने वर्ष ३४ की राधा शाही, बर्दिया बाँसगढी नगरपालिका पाँच बस्ने वर्ष ३१ को एमन राना, बाँके शमशेरगञ्ज गाउँपालिका ८ बस्ने वर्ष ३५ कि दिल कुमारी मगर, शमशेरगञ्ज बस्ने वर्ष १४ को अभिषेक मगर, शमसेरगञ्ज बस्ने वर्ष १२ कि अस्मी मगर, बाँके कोहलपुर नगरपालिका ११ बस्ने वर्ष १७ को मनन बुढा क्षेत्री, कैलाली लुम्कीचुवा नगरपालिका ८ बचौली बस्ने वर्ष १८ को महेश कठायत, सुर्खेत वीरेन्द्र नगरपालिका ३ बस्ने वर्ष ३७ को रमेश चौधरी, बर्दिया नेपालगञ्ज उपमहानगरपालिका २ बस्ने वर्ष ३९ की रिता घर्ती, काठमाडौँ चन्द्रागिरि नगरपालिका ८ बस्ने वर्ष ५० को पारस पाण्डे, बाँके कोहलपुर नगरपालिका ११ बस्ने वर्ष २७ को राजनगिरी बसचालक, बाँके कोहलपुर नगरपालिका ११ बस्ने बर्ष ५१ को इन्द्रबहादुर थापा मगर र सल्यान वनघाट कुपिन्डे नगरपालिका ५ बस्ने बर्ष २५ को सुजन खत्री रहेको प्रहरीले जनाएको छ ।
Comments
अरु समाचार
-
Nepal–China Investment Symposium Emphasizes Economic Cooperation and Investment Growth
Kathmandu,16 Dec : Nepal’s Finance Minister, along with leading industrialists and business representatives, has called upon Chinese entrepreneurs and business...
-
खगेन्द्रप्रसाद र रुद्रकली भैरहवा पुगे, बुधबार कतार उड्ने !
काठमाडौं । नेपाल सरकारले कतारलाई उपहारस्वरुप प्रदान गरेका खगेन्द्रप्रसाद र रुद्रकली हात्ती मंगलबार बिहान भैरहवा आइपुगेका छन् । सोमबार मध्यान्ह...
-
हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त...
-
विशेष परिस्थिति सिर्जना भएपछि उम्मेदवारी फिर्ताः राजेन्द्र गाैतम
काठमाडाैं । एमालेको ११ औं महाधिवेशनमा उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका राजेन्द्र गाैतमले उम्मेदवारी फिर्ता लिएका छन् । विशेष आग्रहपछि...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एसिया कप : बंगलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल
काठमाडौं । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपालले बंगलादेशविरुद्ध सुरुमा ब्याटिङ गर्दैछ। टस जितेर बंगलादेशले फिल्ड रोजेपछि...












