ताजा समाचार

इराकमा मृत्यु भएकी महिलाको शव नेपाल ल्याउन पहल गर्न सांसद सोपकोटाको माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा रोजगारीका लागि इराकमा मृत्यु भएकी महिलाको शव नेपाल ल्याउन विषयमा पहल गर्न सरकार सँग माग गरिएको छ ।

प्रतिनिधिसभा सदस्य माधव सोपकोटाले सिन्धुपाल्चोककी सुमिना तामाङको शव नेपाल ल्याउन लागि आवश्यक कानुनी र कुटनीतिक पहल गर्न सरकारसँग माग गरेका छन् । बैठकमा बोल्दै सांसद सापकोटाले मृतक तामाङको परिवारलाई उचित क्षतिपूर्ति दिन समेत सरकार सँग माग गरेका हुन् ।

दुई वर्षअघि रोजगारीका लागि इराक पुगेकी महिलाको घरमा काम गर्दागर्दै भुइँमा ढलेकी थिईन् । उनलाई तत्काल उपचारका लागि अस्पताल लागिएकोमा उपचार हुँदाहुँदै उनको गत २ चैतमा मृत्यु भएको थियो ।

गैरकानूनी बाटो हुँदै इराक पुगेकी तामाङ् गम्भीर रोग र शारीरिक अवस्था कमजोर रहेका कारण उनलाई नेपाल ल्याउन दुई पटकसम्म एयरलाइन्सले स्वीकृति नदिएपछि हवाई टिकट रद्द गरिएको थियो ।

अब उनको शव नेपाल पठाउन करिब दुई महिना लाग्ने जनाइएको छ । नेपाल सरकारले प्रतिबन्ध लगाएको इराकमा करिब २० हजारभन्दा बढी नेपाली कामदार कार्यरत रहेको एनआएनएको तथ्यांक छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org