न्यूज नेपालले प्रकाशन गरेको ‘दीपक थापा आईजीपी बन्ने पक्का’ शीर्षकको समाचार सत्य
नेपाल प्रहरीको आईजीपीमा नियुक्त दीपक थापा को हुन् ?
काठमाडौं । सरकारले नेपाल प्रहरीको ३१औं प्रहरी महानिरीक्षक (आईजीपी) पदमा दीपक थापालाई नियुक्त गरेको छ । बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्रहरी प्रमुख नियुक्त गर्ने निर्णय गरेको हो ।
न्यूज नेपाल डटकमले थापा आईजीपी बन्ने पक्का शिर्षकको समाचार आइतबार साँझ नै ब्रेकिङ गरेको थियो र उक्त समाचार अन्ततः सत्य सावित भएको छ ।
हालका आईजीपी वसन्तबहादुर कुँवर सोमबार राति १२ बजेदेखि अनिवार्य अवकासमा जाने भएपछि थापालाई आईजीपी नियुक्त गरिएको हो। आईजीपीको दाबेदारमा तीन जना थिए। आईजीपी बन्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का निर्देशक एआईजी थापा, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख सुदीप गिरी र काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख टेकबहादुर तामाङ प्रतिस्पर्धामा थिए।
उनीहरू २०५२ भदौ १९ गते प्रहरी निरीक्षकमा भर्ना भएका हुन्। थापा एआईजी बनेको दुई सातापछि गिरी र तामाङ एआईजीमा बढुवा भएका थिए। थापा आईजीपी २०८२ भदौ १९ गतेसम्म सेवामा रहनेछन्।
त्यसपछि ३० वर्षे सेवा अवधिका कारण अवकाश हुनेछन्। तर ३० वर्षे हट्ने गरी ल्याइएको विधेयक संसद्बाट पारित भएमा सेवा अवधि थप हुन सक्नेछ। विधेयक संसद्मा विचाराधीन छ। हाल सीआईबी प्रमुख थापाले यसअघि काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानिपोखरी र एआईजीमा बढुवा भएपछि प्रशासन विभाग प्रमुखका रूपमा काम गरिरहेका थिए। थापाले प्रहरी निरीक्षक हुँदा इलाका प्रहरी कार्यालय बनेपा, इलाका प्रहरी कार्यालय गरुडा, रौतहटको इन्चार्ज भएर काम गरेका थिए।
नेपाल प्रहरी स्कुल साँगा, प्रहरी स्कुल दीपायल, इलाका प्रहरी कार्यालय मैकोट रुकुम, इलाका प्रहरी कार्यालय कात्तिके देउराली र प्रहरी प्रधान कार्यालयको कर्मचारी शाखामा रहेर काम गरेको थिए। त्यसपछि डीएसपीमा बढुवा भएका थापाले विभिन्न युनिट सम्हाले। जिल्ला प्रहरी कार्यालय खोटाङ, प्रधानमन्त्री सुरक्षा कार्यालय बालुवाटार, प्रहरी वृत्त महाराजगन्जमा थापाले कमान्ड सम्हाले।
डीएसपीमै इलाका प्रहरी कार्यालय बुटवल, हेडक्वार्टरको कर्मचारी प्रशासन शाखा, जिल्ला प्रहरी कार्यालय मोरङ, सुनसरी, मकवानपुरमा पनि माम गरेका थिए। एसपीमा बढुवा भएपछि अख्तियारको कोहलपुर र बुटवल काम गरेका उनी चितवनको प्रहरी प्रमुख बने।
प्रहरी प्रधान कार्यालयको बजेट शाखामा पनि उनले काम गर्ने मौका पाए। एसएसपीमा बढुवा भएपछि आर्थिक प्रशासन महाशाखा र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख बने। त्यसपछि वृत्ति विकास महाशाखा, प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानमा काम गरे। डीआईजीमा बढुवा भएपछि उनी प्रबन्ध निर्देशनालयमा पदस्थापन भए।
उनले बागमती प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी पनि सम्हाले। छोटो समयमै एआईजी बनेपछि सबैभन्दा आकर्षक कार्यालयमा थापाले भूमिका पाए। थापा पछिल्ला हरेक सरकारका रोजाइमा पर्दा छानीछानी पोस्टिङ पाउन सफल भएका थिए।
Comments
अरु समाचार
-
युवाहरु सडकमा उत्रिन सरकारको अनुमति पर्दैनः ओली
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी ओलीले पार्टीका युवाहरुलाई सडकमा उत्रन निर्देशन दिएका छन् । अध्यक्ष ओलीले...
-
‘उत्साहजकरुपमा हुँदैछ मतदाता नामावली संकलन’
काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै देशभर मतदाता नामावली संकलन कार्य तीव्र गतिमा जारी रहेको छ। निर्वाचन आयोगका प्रवक्ता...
-
बाढीपहिरोको क्षतिबाट तीन अर्ब ७८ बराबरको बीमा दाबी
काठमाडौं । गत असोजमा गएको बाढी पहिरोका कारण पुगेको क्षतिका कारण बीमा कम्पनीहरुमा तीन अर्ब ७८ करोड ४० लाख ९०...
-
भैरहवा भन्सारबाट तीन महिनामा २७ अर्ब ७५ करोड राजस्व संकलन
देवदह (रुपन्देही) । भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा २७ अर्ब ७५ करोड ५३ लाख ७८ हजार...
-
टेलिकम कम्पनीको घट्दो आम्दानीमा चर्को करको मार
काठमाडौं । पछिल्ला सात वर्षमा टेलिकम सेवाप्रदायक कम्पनीको आम्दानी करिब २८ प्रतिशतले घटेको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार दुई...
-
असोज महिनामा देशभर एक सय ८५ आगलागीका घटना
काठमाडाैं । गएको असोज महिनामा देशभर एक सय ८५ वटा आगलागीका घटना भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क...
-
पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायमै, केही क्षेत्रमा वर्षा र हिमपात
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको पश्चिमी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। आज दिउँसो कोशी, गण्डकी...
-
लिग-२ : नेपालको लगातार चौंथो हार, अन्तिम खेलमा युएईले ४ विकेटले हरायाे
काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत युएई र अमेरिकाविरूद्धको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल जितबिहीन बनेको छ। बुधबार दुबईमा भएको अन्तिम...
-
दशौँ राष्ट्रिय खेलकुद फागुन १ देखि ७ सम्म गर्ने निर्णय
काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद यसै वर्ष फागुनमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपको बुधबार बसेको १२३औं बोर्ड...












