२०८१ सालमा चट्याङ लागेर ७८ जनाले ज्यान गुमाए
काठमाण्डाै। २०८१ सालमा देशमा चट्याङ लागेर ७८ जनाको ज्यान गएको छ । २०८१ सालको वैशाख १ गतेदेखि चैत्र २९ गतेसम्मको अवधिमा देशभर ४१८ वटा चट्याङको घटना भएकोमा ७८ जनाको ज्यान गएको र ३०९ जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
नेपालमा खासगरी प्रि–मनसुनको समयमा अर्थात् मध्य फागुनदेखि मध्य जेठ महिनासम्म चट्याङ पर्ने सम्भावना धेरै हुन्छ । आकाशमा बिजुली चम्केर गड्याङगुडुङ आवाजसहित पर्ने चट्याङले वर्षेनि ठूलो जनधनको क्षति पुर्याइरहे पनि क्षति न्यूनीकरणका लागि पर्याप्त काम हुन सकेको छैन । बिजुली तथा विद्युतीय सामग्रीको उपयोग बढेसँगै चट्याङबाट हुने मृत्यु र घाइतेको सङ्ख्या पनि बढिरहेको छ ।
अग्ला टावर र भवन, बिजुलीको खम्बा, रुख र पहाडको टाकुरामा चट्याङको जोखिम धेरै हुन्छ । चट्याङबाट जोगिन घर र भवनहरू बनाउँदा राम्ररी अर्थिङ गर्ने, आकाशमा गड्याङगुडुङ गर्न थालेमा टेलिभिजन, कम्प्युटर, फ्रिज, मोबाइल बन्द गर्नेलगायत सावधानी अपनाउन विज्ञहरूको सुझाव छ । चट्याङ परेको समयमा सुक्खा ठाउँमा बस्नुपर्छ । भित्ता, सिमेन्टको भुइँ र झ्यालमा टाँसिनु हुँदैन । चट्याङ परेको आधा घण्टासम्म बाहिर नजानु हुँदैन । घर बाहिर भएमा बिजुली र रुखबाट टाढा बस्नुपर्छ । खोला, पोखरी, तरबार गरिएको ठाउँको नजिक पनि जान हुँदैन ।
Comments
अरु समाचार
-
Nepal–China Investment Symposium Emphasizes Economic Cooperation and Investment Growth
Kathmandu,16 Dec : Nepal’s Finance Minister, along with leading industrialists and business representatives, has called upon Chinese entrepreneurs and business...
-
खगेन्द्रप्रसाद र रुद्रकली भैरहवा पुगे, बुधबार कतार उड्ने !
काठमाडौं । नेपाल सरकारले कतारलाई उपहारस्वरुप प्रदान गरेका खगेन्द्रप्रसाद र रुद्रकली हात्ती मंगलबार बिहान भैरहवा आइपुगेका छन् । सोमबार मध्यान्ह...
-
हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त...
-
विशेष परिस्थिति सिर्जना भएपछि उम्मेदवारी फिर्ताः राजेन्द्र गाैतम
काठमाडाैं । एमालेको ११ औं महाधिवेशनमा उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका राजेन्द्र गाैतमले उम्मेदवारी फिर्ता लिएका छन् । विशेष आग्रहपछि...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एमाले महाधिवेशन : ओली र पोखरेलका उम्मेदवार, कुन पदमा को–को भिड्दै छन् ?
काठमाडौं । नेकपा एमालेमा ११ औं महाधिवेशनमा भिड्ने दुवैतर्फका पदाधिकारीहरूको टुंगो लागेको छ । पदाधिकारीमा अध्यक्ष केपी ओलीको संस्थापनले १९...












