आजको राशिफल: २०८२ असार ४ गते बुधबार
मेष: श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। साँझदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ। सोखले फजुल खर्च बढाउनेछ। मिहिनेत गर्दा सजिलै काम बन्नेछ र आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। आवश्यक भौतिक साधन सजिलै जुट्नेछन्। पहिलेकाे उपलब्धिले उत्साह जाग्नेछ।
वृष:अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने मौका छ। साँझदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट पनि मनग्य लाभ हुनेछ। उठ्नुपर्ने रकम प्राप्त हुनेछ। पेसा–व्यवसायमा फाइदा हुनेछ। नयाँ काम गर्ने वातावरण बन्नेछ। पहिले रोकिएको काम पनि सम्पादन हुनेछ। मिहिनेतले लक्ष्यमा पुग्न सकिनेछ। कर्मयोगले नाम, दाम र इनाम दिलाउन सक्छ।
मिथुन प्रतिकूल परिस्थितिले चिन्ता बढाउन सक्छ। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ने समय छ। आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुनेछन्। नयाँ काम गर्न केही समय लाग्नेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। साँझतिर स्थितिमा सुधार आउनेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत प्राप्त हुनेछ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ।
कर्कट -स्वास्थ्य कमजाेर रहने समय छ। खर्च र चुनौतीको समय रहेको हुँदा व्यवहारमा पनि सजग रहनुपर्ला। कामको चाप बढे पनि सानोतिनो समस्यामाले अल्झाउन सक्छ। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। काममा आफ्नो श्रम परे पनि प्रतिफलमाथि अरूले राज गर्नेछन्। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। आफन्त तथा साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला।
सिंह -परिवारजनको साथले नयाँ कामतर्फ आकर्षित भइनेछ। पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। पेसा–व्यवसायमा थप फाइदाका स्रोत पहिचान गर्न सकिनेछ। साँझतिर स्वास्थ्य कमजाेर हुनाले सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपर्ला। आफ्नो क्षेत्रमा अरूले हस्तक्षेप गर्न सक्छन्।
कन्या -स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। साँझदेखि व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ। मिहिनेत गर्दा पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ।
तुला -कामको मेसो नमिल्दा केही अलमल हुनेछ। छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। अध्ययनमा त्यति समय दिन नसकिएला। समयतालिका नमिल्दा योजना पनि अधुरै रहनेछ। साँझतिर स्थितिमा सुधार आउनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। स्वास्थ्य सबल बन्नेछ भने चुनौती चिर्दै काम बनाउन सकिनेछ।
वृश्चिक -हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्ला। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। साँझतिर स्वास्थ्य कमजोर रहने हुँदा आहारविहारमा ध्यान पुर्याउनुहोला। कामको मेसो नमिल्दा केही अलमल पनि हुनेछ।
धनु -विभिन्न कामका अवसर प्राप्त हुनेछन् भने पेसा–व्यवसायमा पनि फाइदा हुनेछ। काममा श्रम परे पनि राम्रो प्रतिफल प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। अवसरले उत्साह जगाउने देखिन्छ। साँझदेखि केही घरायसी समस्याले पिरोल्न सक्छ। आफन्त टाढिन सक्छन्। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। अरूको मुख ताक्ने बानीले पछि परिनेछ।
मकर -अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला। अध्ययन र व्यापारमा सामान्य प्रगति हुनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय रहेकाले सजग रहनुहोला। मिहिनेतीहरूलाई सामान्य फाइदा भइरहनेछ। साँझतिर स्थितिमा सुधार आउनेछ। शत्रुहरू परास्त हुनेछन्। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। महत्त्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ।
कुम्भ मिहिनेतले व्यक्तित्व निखार्ने समय छ। पहिलेका कमजोरी सुधार्दै काममा निखारता ल्याउन सकिनेछ। बिछोडिएका आफन्त नजिकिनेछन्। दिगो योजना प्रारम्भ हुनेछ। तर परिस्थिति अनुकूल बनाइराख्न व्यवहारमा अलि सजग रहनुपर्ला। साँझतिर आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन्। केही रकम बाहिरिन सक्छ।
मीन मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। साँझतिर सहयोगीहरूले राम्रो साथ दिनेछन्। पहिलेको सफलताले पनि नयाँ अवसर दिलाउन सक्छ । घरखर्च बढ्नुका साथै अर्थअभाव देखापर्नेछ। काम बिग्रने भयले सताउनेछ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।
Comments
अरु समाचार
-
Nepal–China Investment Symposium Emphasizes Economic Cooperation and Investment Growth
Kathmandu,16 Dec : Nepal’s Finance Minister, along with leading industrialists and business representatives, has called upon Chinese entrepreneurs and business...
-
खगेन्द्रप्रसाद र रुद्रकली भैरहवा पुगे, बुधबार कतार उड्ने !
काठमाडौं । नेपाल सरकारले कतारलाई उपहारस्वरुप प्रदान गरेका खगेन्द्रप्रसाद र रुद्रकली हात्ती मंगलबार बिहान भैरहवा आइपुगेका छन् । सोमबार मध्यान्ह...
-
हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त...
-
विशेष परिस्थिति सिर्जना भएपछि उम्मेदवारी फिर्ताः राजेन्द्र गाैतम
काठमाडाैं । एमालेको ११ औं महाधिवेशनमा उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका राजेन्द्र गाैतमले उम्मेदवारी फिर्ता लिएका छन् । विशेष आग्रहपछि...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एमाले महाधिवेशन : ओली र पोखरेलका उम्मेदवार, कुन पदमा को–को भिड्दै छन् ?
काठमाडौं । नेकपा एमालेमा ११ औं महाधिवेशनमा भिड्ने दुवैतर्फका पदाधिकारीहरूको टुंगो लागेको छ । पदाधिकारीमा अध्यक्ष केपी ओलीको संस्थापनले १९...












