पानी नपर्दा खेतमा चिरा पर्न थाल्यो, किसान चिन्तित
काठमाडौं । असार महिनामा समेत वर्षा नहुँदा पश्चिम नवलपरासीमा भर्खर रोपेको धान खेतमा चिरा पर्न थालेको छ । पर्याप्त सिँचाइ सुविधा नहुँदा आकाशे पानीको भरमा खेती गर्दे आएका किसानहरू अहिले धान रोपेको खेत सुख्खा भएपछि चिन्तित बनेका छन् ।
जिल्लामा अधिकांश स्थानमा धान रोपाइ सकिएको छ । पानी नपर्दा खेतमा चिरा परेको छ भने भर्खर रोपेको धान पहेँलिन थालेको छ । कृषि ज्ञान केन्द्र नवलपरासीका प्रमुख रवीन्द्रनाथ चौवेले वर्षा नहुँदा धानको वृद्धि विकासमा असर पर्ने र गाज हाल्न नसक्दा उत्पादन कम हुने जोखिम रहेको बताउनुभयो । खेत सुख्खा हुँदा धेरै झारपात उम्रने र धान बालीलाई असर गर्ने सम्भावना समेत हुन्छ ।
जिल्लामा २१ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । धान रोप्न बाँकी भएका किसान पनि खेतमा तयार भएको ब्याड सुक्न थालेपछि चिन्तित भएका छन् । सुनवल–२ का कृषक हरिलाल गुप्ताले दुई बिगाहा खेतमा धान रोप्न बाँकी रहेको बताउनुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले कुलो व्यवस्थापन गरिदिएका कारण गाउँमा केही स्थानमा रोपाइ भएको भए पनि पानी नपर्दा कुलोमा पनि पानी सुक्न थालेको गुप्ताले बताउनुभयो ।
किसानहरूले खाल्डाखुल्डीमा जमेको पानी तानेर रोपाइ गरेको भए पनि पर्याप्त वर्षा नहुँदा रोपेको धान सुक्दै गएको छ । पश्चिम नवलपरासी सहित तराईका जिल्लामा केही दिन देखि चर्को घाम लागेको छ । जिल्लामा तिनै तहका सरकारले सिँचाइ पूर्वाधार निर्माण गरेको भए पनि त्यो पर्याप्त हुन सकेको छैन । जिल्लामा अझै आधा बढी खेतीयोग्य जमिनमा सिँचाइ सुविधाको अभाव छ ।
Comments
अरु समाचार
-
Culture, Mountains, and Technology: Himalayan Rim Film Exhibition
Kathmandu, 14 Dec (2025) : The assembly hall of the Department of Mass Communication and Journalism at Tribhuvan University presented...
-
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको भाउ हालसम्मकै...
-
आज विभिन्न मुलकमा अन्तरराष्ट्रिय पर्वत दिवस मनाइँदै
काठमाडौं । हिमनदी पग्लिँदा पहाड तथा पर्वतीय जीवनमा पर्ने प्रभाव, पर्वतीय विकासका अवसर र चुनौतीबारे जनचेतना बढाउने तथा विश्वभर पर्वतीय...
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...












